काठमाडौं । सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशकका लागि आवेदन दिएका मध्ये ६ जना सर्टलिष्टमा छानिएका छन् ।
सर्टलिष्टमा पर्नेहरुमा अशोकुमार पौडेल, कविराज अधिकारी, पदमराज पौडेल, प्रकाशप्रसाद पोखरेल, राजनप्रसाद श्रेष्ठ र लिलाराज ढकाल छन् ।
अशोक नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् भने कविराज राष्ट्रिय वाणिज्य बैंकका पूर्व डीसीईओ हुन् । त्यस्तै पदमराज प्राइम बैंकको शाखा प्रबन्धकका रुपमा कार्यरत छन् भने प्रकाश नेफ्स्कुनका पूर्व सीईओ हुन् । वैदेशिक रोजगार बोर्डका पूर्व कार्यकारी निर्देशक राजन र लिलाराज छानिएका हुन् ।
उक्त पदका लागि आवेदन दिएका सहदेव चन्द, विश्वमोहन अधिकारी, चन्द्रसिंह साउद, लक्ष्मीप्रसाद शर्मा, कुलमणि तिमल्सिना र रोहित भण्डारी प्रतिष्पर्धााबाट बाहिरिएका छन् ।
छानिएका ६ मध्येबाट पदपूर्ति उपसमितिले ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाउने छ । ती मध्ये एक जना ४ वर्षको लागि कार्यकारी निर्देशक नियुक्त हुने छन् ।
अशोक, कविराज र पदमराजलाई असोज २ गते प्रस्तुतिकरणको लागि बोलाइएको थियो भने ४ गते बिहीबार बिहान ८ बजे अन्तरवार्ताको लागि बोलाइएको छ ।
प्रकाश, राजन र लिलाराजलाई पनि हिजोनै प्रस्तुतिकरणका लागि बोलाइएको र भोलि बिहान ११ बजे अन्तरवार्ताको लागि बोलाईएको समितिले प्रकाशित गरेको सूचनामा उल्लेख छ ।