काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एनईभी नेपाल प्रालिसँग सम्झौता गरेको छ ।
सम्झौतापत्रमा कामना सेवाका नायव कार्यकारी अधिकृत विनय दाहाल र एनईभी नेपाललका कार्यकारी अधिकृत सबिताकुमारी क्षेत्रीले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतापश्चात एनईभी नेपालका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकले बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्ने जनाइएको छ ।