काठमाडौं । फोब्स पत्रिकामा सुचीकृत नेपालका एक मात्र खर्बपति विनोद चौधरीको भारतको जयपुरस्थित कम्पनीको कार्यालयहरुमा त्यहाँको कर कार्यालयले छापा मारेको छ ।
अन्नपूर्ण पोष्टका अनुसार सीजी कर्प ग्लोबलको जयपुर कार्यालय, दौसा र सिकरलगायतका पाँच स्थानमा मंगलबारदेखि आयकरले छापा मार्न सुरु गरेको हो ।
गुवाहाटीस्थित आयकर विभागले आयकर छली गरेको आशंकामा चौधरीको कम्पनीमा छापा मारेको हो । नेपालबाट विदेशमा लगानी गर्न पैसा लान मिल्ने कानुन नभए पनि चौधरीले भारतसहित विभिन्न देशमा कसरी लगानी गरे ? भन्ने कुरामा प्रश्न उठिरहेको बेला उनको कम्पनीमाथि भारतको कर प्रशासनले आयकर छली गरेको भन्दै कारवाही गरेको हो ।
आयकर टोलीले चौधरीको कम्पनीका कागजाजहरु जफत गरी अनुसन्धान सुरु गरेको छ । उनको कम्पनी सीजी कर्प ग्लोबल र अरु सायक कम्पनीहरुले आयकर छली गरेको भारतीय सञ्चार माध्यमहरुको भनाई छ ।
भारतको कर प्रशासनले सिजी फुड्स ग्लोबलसहित अन्य अन्य कम्पनीहरुमा पनि छापा मारेको समाचार छ । उक्त कम्पनीले त्यहाँ पनि वाईवाई उत्पादन गरी बिक्री गर्दै आएको छ । विनोद चौधरीले भारतको ब्यापार आफ्ना छोरी बरुण चौधरीलाई हेर्न दिएका छन् ।
— Bhupendra Kshatri (@bhupen07) September 27, 2023