काठमाडौं । गरिमा विकास बैंकका ग्राहकहरुले अब विदेशमा बसेर पनि बैंकले तोके बमोजिमका कागजातहरु पूरा गरि मोबाईल बैकिङ सेवा लिन सक्ने भएका छन् ।
साथै, यो सुविधा लिने ग्राहकले गरिमा डिजि बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी यस विकास बैंकको वेब बैकिङ पनि सजिलै चलाउन सक्ने छन् ।
साथै, बैंकले कहिले पनि फोन गरेर वा अरु माध्यमबाट आफ्ना ग्राहकको बैकिङ विवरण (जस्तैः पिन, पासवर्ड, ओटिपि आदि) माग्दैन तसर्थः फोनकल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैकिङ् विवरण अरुलाई नबाँड्न अनुरोध गरेको छ ।