काठमाडौं । गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा काठमाडौंको किर्तिपुरमा नयाँ शाखा सञ्चालन गरेको छ ।
बैंकले ऐतिहासिक धरोहर बोकेको कीर्तिपुर, काठमाडौंमा आर्थिक समृद्धि एवम् गतिलाई तीव्रता दिने उद्देश्यका साथ १२२औं शाखा कार्यालय सञ्चालन गरेको जनाएको छ ।
बैंकले नेपालभर १२२ शाखा कार्यालय तथा ५० एटिएम एवम् डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।