काठमाडौं । नेपाल एसबिआई बैंकले १०.५५ प्रतिशत लाभांश घोषणा गरेको छ ।
बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले आव २०७९/८० को नाफाबाट हाल कायम चुक्ता पूँजीको ३.७५ प्रतिशत बोनस शेयर र ६.८० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।
बैंकको हाल कायम चुक्ता पूँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार ७ सय ६ रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी ३०औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् ।