काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आजदेखि नयाँ म्युचुअल फण्ड ‘एनआईसी एशिया ग्रोथ फण्ड २’ निष्काशन खुला गरेको छ ।
कम्पनीले प्रतिइकाई १० रुपियाँ अंकित दरमा १ अर्ब रुपियाँ बराबरको १० करोड इकाई बिक्री गर्न लागेको हो । १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।
उक्त फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ ।
एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा मंसिर ७ गतेसम्म आवेदन दिन सकिनेछ ।