कुमारी बैंकको नयाँ शाखा जुम्लाको चन्दननाथ नगरपालिकामा

Advertisement

काठमाडौं । कुमारी बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा जुम्ला जिल्लास्थित वडा नं.०६ चन्दननाथ नगरपालिकामा जुम्ला शाखा  आजदेखि सञ्चालनमा ल्याएकोे छ । 

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त शाखा बिस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ सेवा पुर्याउने योजना बनाएको छ ।

Advertisement

बैंकलेदेशभर रहेका ३०९ शाखा सञ्जाल, ३१५ एटिएम, ४९ एक्सटेन्सन काउन्टर तथा ६४ शाखारहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ । 


 

Advertisement

Advertisement