प्रत्यक्ष वैदेशिक लगानी ४६.५ प्रतिशतले वृद्धि

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो नौ महिनामा प्रत्यक्ष वैदेशिक लगानी ४६.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो । 

उक्त अवधीमा नेपालमा छ अर्ब ४८ करोड ९५ लाख रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी आएको छ । गत आवको यसै अवधीमा चार अर्ब ४२ करोड ८३ लाख रुपियाँ वैदेशिक लगानी भित्रिएको थियो । गत आवभर भने सात अर्ब ७६ करोड ८६ लाख रुपियाँ वैदेशिक लगानी आएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । 

Advertisement

यो प्रतिवद्धता नभएर नगदमै भित्रिएको विदेशी लगानी हो । उद्योग बिभाग, लगानी बोर्ड लगायतका निकायबाट स्वीकृत भएका विदेशी लगानी राष्ट्र बैंकको प्रक्रियाबाट नेपाल भित्रिन्छन् । यसै अवधमिा लगानी फिर्ता भने ७८ लाख रुपियाँ रहेको छ । लगानी फिर्ता समायोजन गर्दा समीक्षा अवधीमा ६ अर्ब ४८ करोड १६ लाख रुपियाँ खुद विदेशी लगानी आएको देखिन्छ । 

कोरोना महामारी, रुस युक्रेन युद्द लगायतका कारण बिगतका बर्षहरुमा नेपालमा आउने वैदेशिक लगानी प्रभावित भएको थियो । तर, यसपाली वैदेशिक लगानी भित्रिने क्रम बढ्दै गएको तथ्यांकले पुष्टी गरेको छ । 

Advertisement

Advertisement