नागरिकता किर्ते कसूरमा पक्राउ परेका सिरोहिया थप तीन दिन हिरासतमा बस्नुपर्ने

Advertisement

काठमाडौं । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका सञ्चालक कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

न्यायाधीश रोमाकान्त ज्ञवालीको एकल इजलासले शुक्रबार तीन दिन म्याद थपेको हो । नागरिकता किर्ते कसूरमा सिरोहिया पक्राउ परेका हुन् । जिल्ला सरकारी वकिलको कार्यालयले ५ दिन समय माग गरेकोमा इजलासले ३ दिन मात्र म्याद थपेको हो ।

Advertisement

बुधबार अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न उनलाई अनुमति दिएको थियो । शुक्रबार म्याद थपका लागि अदालतमा पेस गर्नुअघि सरकारी वकिलको कार्यालयमा सिरोहियाको झण्डै तीन घण्टा बयान लिइएको थियो ।

देशको न्याय क्षेत्र, प्रशासन, राजनीतिमा चलखेल गर्ने, मिडियालाई देखेर उद्योगी व्यवसायीलाई धक्याउँदै रकम अशुली गर्ने, गोल्डेन शेयर हात पार्ने जस्ता गैरकानुनी र आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोप खेप्दै आएका सिरोहियाले फरक फरक ठाउँमा पेशा गरेको नागरिकता फरक फरक पाइएको छ । 

Advertisement

Advertisement