सञ्चालकहरुको सम्पत्ति धितो राखेर सहकारीका सदस्यलाई पाँच लाखसम्म बचत फिर्ता गरिने

Advertisement

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले समस्यामा परेका सहकारीका बचतकर्तालाई तत्काल पाँच लाख रुपियाँसम्मको बचत फिर्ता गराउने बताएका छन् । 

बुधबार बजेटपछिको अन्तर्क्रियामा उनले सहकारीका सञ्चालक, एकाघर परिवारका सदस्यको सम्पत्ति धितो राखेर भए पनि तत्काललाई पाँच लाखसम्मको रकम फिर्ता गराउने प्रस्ताव बजेटमा गरिएको बताए ।  

Advertisement

यसले सहकारीको समस्या समाधान गर्दै लैजान मद्दत पुग्ने पुनको विश्वास छ । उनले भने, ‘सहकारीले धेरै राम्रो गरेको हो तर केही सहकारी आफ्नो सिद्धान्तविपरीत चलेकाले यो क्षेत्र बदनाम भएको छ । सहकारी सानो सानो पूँजी र शक्तिलाई एकीकृत गरेर ठूलो पूँजी, शक्ति बनाउने माध्यम हो ।’

आम सहकारीका बचतकर्ता चिन्तित हुनुपर्ने अवस्था नरहेको भन्दै उनले समस्यामा रहेका सहकारीहरूको छानबिन गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याइने बताए । बजेटमा सहकारीको नियामक गठन गर्ने विषय पनि समेटिएको बताउँदै पुनले यसले समस्या समाधानमा सहयोग पुग्ने बताए । 

Advertisement

Advertisement