पन्ध्र दिनभित्र पेस्की रकम फर्स्योट गर्न काठमाडौं महानगरपालिकाकाे ताकेता

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न व्यक्ति तथा संघसंस्थालाई पेस्की रकम फर्स्योट गर्न आउन आग्रह गरेको छ । 

महानगरपालिकाले विभिन्न मितिमा विभिन्न व्यक्ति, संघसंस्था, निर्माण व्यवसायी, उपभोक्ता समिति, गैरसरकारी संस्था, सरकारी कार्यालयलगायतले लिएको पेस्की फर्स्योट गर्न आग्रह गरेको छ । 

Advertisement

पटकपटक सम्पर्क गर्दा पनि अटेर गरेको जनाउँदै १५ दिनभित्र बाँकी पेस्की फर्स्योट गर्न महानगरपालिकाले समय दिएको छ । 

तोकिएको समयमा पेस्की फर्स्योट गर्न नआएमा नामसहित सार्वजनिक सूचना प्रकाशन गरी कानुनबमोजिम असुलउपर गरिने महानगरले चेतावनी दिएको छ । 

undefined

Advertisement

Advertisement