ढुंगाखानीमा अनियमितता गरेको आरोपमा गोदावरीका मेयरसहित १४ जना विरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले सोमबार उनीहरुविरुद्ध एक अर्ब बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर  गरेको हो । 

Advertisement

अख्तियारले मर्हजनसहित चार जना कर्मचारी र नौ जना क्रसर सञ्चालकलाई विपक्षी बनाइ फरक फरक शीर्षकमा पाँच थान मुद्दा दायर गरेको छ । उनीहरूमाथि ढुंगाखानीमा अनियमितता गरेको आरोप छ ।

लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको उजुरीका आधारमा छानबिन हुँदा आरोपितहरूले ठूलो रकम भ्रष्टाचार गरेको पाइएको अख्तियारको भनाई छ । 

Advertisement

Advertisement