राष्ट्र बैंकले गर्यो दुई भुक्तानी सेवाप्रदायकको खाता रोक्का

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई भुक्तानी सेवाप्रदायक संस्थाको बैंक खाता रोक्का गरेको छ ।

नियामक राष्ट्र बैंकले पेवेल नेपाल प्राइभेट लिमिटेड र सजिलो पे पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेडको सबै बैंक खाता रोक्का गरेको हो ।

Advertisement

‘पेवेल नेपाल’ प्राइभेट लिमिटेड अनामनगर र ‘सजिलो पे’ पेमेन्ट सर्भिसेज प्राइभेट लिमिटेड, बालुवाटारबाट भइरहेका कारोबार नियामकीय अनुपालनासम्बन्धी छानबिनका क्रममा रहेको हुँदा उपयुक्त संस्थाको बैंक तथा वित्तीय संस्थामा रहेका खाता अर्को निर्णय नभएसम्मका लागि रोक्का गरिएको छ,’ राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।


 

Advertisement

Advertisement