राशिफलः आज (जेठ २५) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल जेठ महिनाको २५ गते शुक्रबार, ज्येष्ठ शुक्लपक्षको प्रतिपदा तिथि । आजबाट गोसाइकुण्ड स्नान आरम्भ ।

मेष
कडा मिजासको स्वाभाव हुने छ । जसले गर्द अरुसँग अन्तरघुलनमा समस्या आउने वा मिलनसारपनामा कमि आउने छ । निडर स्वाभावको रुप देखा पर्ने छ । मनोबलमा बृद्धि हुँदा रिस कडा हुन जाने छ । दाम्पत्य जीवन सहज रहने छ । पेशागत जीवन औसत खालको हुने छ । जोखिमपूर्ण क्षेत्रमा रहेकाहरुलाई लाभ मिल्ने छ । सार्वजनिक सवारी, श्रम क्षेत्र, ठेक्कापट्टा आदीमा सहभागिहरुलाई समय चुनौतिपूर्ण रहेको छ ।

Advertisement

वृष
सानो रुपमा गरिएको हाँसिमजाकले उग्र रुप लिने छ । आफुले गरेको सानो ख्याल ठट्टाको अवस्थालाई अरुले गम्भीर रुपमा लिइ दिँदा सम्बन्धहरुमा खरावपना आउने छ । पेशागत जीवन भने शुभ रहने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । परिवारमा झैभगडाको अवस्था आउने भएकाले सतर्क रहनु होला । सार्वजनिक सवारीसाधन, ढुवानीका सवारीसाधन, औषधी ब्यापार, मेडिकल पसल, ठेक्कापट्टा, छालाजन्य वस्तुको कारोवार, भैंसीपालनमा लागेकाहरुलाई फाइदा मिल्ने छ । 

मिथुन
कल्पनात्मक र उडन्ते सोचाई हुने छ । उदासिनताले सताई रहने छ । परिवारमा तनावको अवस्था रहने छ । दाम्पत्य जीवनमा पनि झैझगडा हुने भएकाले विचार पुर्याउनु होला । नेतृत्व, ब्यवस्थापक, स्टेसनरी, कलेज, बोडिङ्ग स्कुल, शैक्षिक संस्था जस्ता क्षेत्रमा आवद्धहरुलाई समय प्रतिकुल छ । आम्दानीमा गिरावट आउने हुँदा आर्थिक सन्तुलनमा दबाब सृजना हुने छ ।

कर्कट
साथिभाइका बीचमा रसिक वातावरण बन्ने छ । रसिक व्यक्तित्व बन्ने छ । परिवारको साथले गर्दा कर्मशिलता बढ्ने छ । पेशागत सकारात्मक बन्ने छ । आम्दानीमा पनि बृद्धि हुने छ । अस्पतालका सामानको आपूर्ति, औषधिको कारोवार, वाणिज्य, पत्रकारिता, ब्यवस्थापन, आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई सकारात्मक रहने छ ।

सिंह
विश्वासिलो छविमा केही कमि आउने छ । पेशागत जीवन सकारात्मक हुने छ । आम्दानी औसत खालको रहने छ । भाग्यको साथ भएका कारण अरुको विश्वास जित्न सकिने छ । शिक्षा क्षेत्र, बोडिङ्ग स्कूल, कलेज तथा विश्वविद्यालय, अध्ययन अध्यापन, परामर्श जस्ता क्षेत्रमा सक्रियहरुलाई फाईदा मिल्ने छ ।

कन्या
पैसाका कारण विवाद बढ्ने छ । कार्यालयमा पनि अरुले स्वार्थि व्यक्तित्वका रुपमा बुझ्ने छन् ।  पेशागत जीवनबाट आर्थिक लाभ हुने भए तापनि साथिभाइको विश्वास भने गुम्न पुग्ने छ । ब्यापार विजनेशमा रहेकाहरुलाई फाइदा मिल्ने छ । बोलीमा रुखोपन हुने हुँदा सचेत रहनु होला । प्रकाशन, पत्रकारिता, स्टेशनरी, वाणिज्य ब्यापार जस्ता क्षेत्रमा सक्रियहरुलाई लाभ मिल्ने छ ।

तुला
भोज भतेरयुक्त पाटीमा सहभागि हुन पाइने छ । तर स्वास्थ्यसम्बन्धी समस्याले भने च्याप्ने छ । पेशागत जीवनमा धेरै जोखिम भन्दा निरन्तरताबारे ध्यान दिनु होला । आम्दानीमा गिरावट हुने छ । भाग्यहिनताका कारण सफलताहरु कठिन बन्ने छन् । न्याय क्षेत्र, लेखन, उच्च ब्यवस्थापक, वाणिज्य, पत्रकारिता, सञ्चार जगत, स्टेशनरी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई समय प्रतिकुल छ । 

वृश्चिक
भविष्य प्रतिको चिन्ताले सताउने छ । शारीरिक थकान तथा रगतसम्बन्धी समस्याबारेमा सतर्क रहनु होला । पेशागत जीवन औसत रहे पनि स्वास्थ्यसम्बन्धी समस्याले धेरै गति भने लिन सक्ने छैन् । घर जग्गाको कारोवार, होटल, रेष्टुरेण्ट, डान्स बार, सजावटका सााग्रीहरुको कारोवार, घर सजावट, व्युटिपार्लर आदी जस्ता पेशा ब्यवसायमा संलग्नहरुलाई फाइदा मिल्ने छ । 

धनु
वैराग्यताले सताउने छ । जसले गर्दा आशावादी भन्दा निराशावादी व्यक्तित्व बन्ने छ । लक्ष्य र सपना ढिला गरि पुरा हुन जाने छन् । जीवनसाथिको दरिलो साथले निकै मद्धत मिल्ने छ । परिवारमा सुमधुर वातावरण हुने छ । भाग्यहिनताका कारण जे बोले पनि अपजस आउने छ । पेशागत जीवनमा धेरै जोखिम नलिनु होला । गाडिको व्यापार, आयात निर्यात, जलविद्युत जस्ता क्षेत्रमा आवद्धहरुले गुमाउने चुनौति छ ।

मकर
खानाका परिकारहरुमा रुचि बढ्ने छ । मिठामिठा खानेकुरा बनाएर साथिभाइहरुलाई खुवाउन मन लाग्ने छ । कमाईमा बृद्धि हुने छ भने खर्च पनि निकै बढ्न जाने छ । भाग्य बलियो रहेका कारण आँटेका कुराहरु पुरा हुने छन् । पेशात जीवन पनि सहज बन्ने छ । रेष्टुरेण्ट, होटल, खानाको व्यापार, लज, पर्यटन जस्ता व्यवसायमा सँलग्नहरुलाई फाइदा मिल्ने छ ।

कुम्भ 
लागु पदार्थको प्रयोगले झैझगडाको अवस्था आउने छ । साथिभाइहरुकै बीचमा पनि कटुता र द्वन्द चर्किन जाने छ । मानसिक रुपमा कमजोर अवस्थाको सामना गर्नु पर्न छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । शिक्षा क्षेत्र, लेखन, अध्ययन अध्यापन, प्रेस, होटल, रेष्टुरेण्ट, आदीमा संलग्नहरु समय चुनौतिपूर्ण रहेको छ ।

मीन
रमाइलोपनामा बृद्धि हुने छ । रसिलो बोलीले गर्दा विपतिर लिङ्गीहरुको मन जित्न सकिने छ । तर यौनका विषयमा सचेत रहनु पर्ने देखिन्छ । आम्दानीमा बृद्धि भए पनि लुगा कपडा जस्ता किनमेलमा निकै खर्च हुने छ । परिवारमा मधुर वातावरण रहने छ । पेशागत जीवन मध्यम खालको रहने छ । सृजनशिल क्षेत्रमा सक्रियहरुलाई लाभ मिल्ने छ । पर्यटन, पेट्रोलियम पदार्थको कारोवार जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा हुने छैन् ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement