टिक्न गाह्रो भएपछि विद्युतीय ब्राण्ड खोज्दै व्यापारी, एउटै ब्राण्ड ल्याउन तीन समूह भिड्दै

Advertisement

काठमाडौं । आईस इन्जिनका गाडी बिक्री घटेपछि अटोमोवाइल क्षेत्रका व्यापारिक समूहहरु धमाधम चिनियाँ विद्युतीय ब्राण्ड ल्याउन प्रतिस्पर्धामा लागेका छन् । 

पछिल्लो समय नेपालमा विद्युतीय सवारी साधन (ईभी)को आयात ह्वात्तै बढेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८०–८१ साउनदेखि बैशाखसम्म आठ हजार ४९७ वटा विद्युतीय सवारी साधन मात्रै आयात भए । त्यस्तै, बजेटले विद्युतीय सवारी साधनको कर बढाउने हल्लापछि आयातकर्ताहरुले अत्याधिक ईभी भित्राएका छन् ।

Advertisement

गएको ‘मे’ महिनामा आयात भएको कुल सवारी साधनमध्ये ९१ प्रतिशत विद्युतीय मात्र रहेको तथ्य स्वयम अटोमोवाइल व्यवसायी बताउँछन् । व्यवसायीहरु विशेषगरी चिनियाँ ब्राण्ड ल्याउन हौसियका हुन् ।

विगतमा आईस इन्जिनका गाडी  मात्र आयात गर्ने कम्पनीहरु र पहिले गाडीको काम नै नगरेका व्यापारिक समूह पनि अन्य देशको नपाए चिनियाँ भने पनि विद्युतीय सवारी साधन ल्याउन लालायित भइरहेका छन्। 

हाल नेपालमा बिवाइडी, आयोन, सेरेस, डिपल, अमोडा, निटा लगायतका चिनियाँ गाडी आक्रामक बजार विस्तारको योजनासहित आएका छन् । उनीहरुले राम्रै बजार पनि लिएका छन् । अरु दर्जन बढी ब्राण्ड नेपाल भित्रिने तरखरमा छन् । 

बजेटले विद्युतीय सवारी साधनको कर बढाउने हल्लापछि आयातकर्ताहरुले अत्याधिक ईभी भित्राएका छन् ।

चिनियाँ ईभी नेपाली व्यापारीको रोजाईमा परेपछि चिनियाँ कम्पनीहरुले भने नेपाली ब्यवसायीलाई नै जुधाउने गरी डिलरसिप दिन थालेका छन् । नेपालकै पूरानो व्यापारीक समूहमध्येको एक गोल्छा अर्गनाइजेसनअन्तरर्गतको जिओ अटोमोवाइल, प्रतिष्ठित व्यापारिक समूह लक्ष्मी ग्रुप र एलआरआर मोटर्स यही चपेटामा परेका छन् । 

काई अटोमोबाइल्सले यी तिनै ग्रुपलाई नेपालको डिलरसिप दिएपछि निल्नु न ओकल्नुको अवस्था बनेको छ । यी तिनै व्यापारिक समूहले काईको डिलरसिपलाई आफ्नो प्रतिष्ठाको रुपमा लिएका छन् भने सबैले आ–आफ्नो तरिकाले तयारी गरिरहेका छन् । 

स्रोतका अनुसार लक्ष्मी ग्रुप र एलआरआरले प्रमुख शहरहरुमा भौतिक संरचनाको काम गरिरहेका छन् भने जिओ अटोमोवाइलले आफ्नै पहिलेको फोर्डको शोरुमलाई सदुपयोग गर्ने योजना बनाईरहेको छ ।फोर्डले भारतमा आफ्नो प्लान्ट बन्द गरेपछि कम्पनीसँग महंगा गाडी मात्र भएकाले धेरै शोरुम नचाहिने कम्पनीको निश्कर्ष छ। 

लक्ष्मी ग्रुप र गोल्छा समुह अटोमोवाइलमा अनुभवी भए पनि एलआरआर भने नयाँ हो। लक्ष्मी ग्रुपले नेपालमा हुण्डाई, बिएमडब्लु, हिरो इलेक्ट्रिक र हेभी इक्यूप्मेन्ट बिक्री वितरण गरिहेको छ भने जिओ अटोमोवाइ फोर्डका लागि नेपालको आधिकारिक वितरक हो । 

तीन वटै कम्पनीले छुट्टाछुट्टै शोरुम बनाउनु पर्यो । बाहिर पनि सबैले डिलर दिनुपर्यो । यसो हुँदा डिस्काउन्टको प्रतिस्पर्धा चल्छ । सबैले नाफा कमाउन सक्दैनन् ।

त्यस्तै एलआरआर शिक्षा क्षेत्रमा राम्रो पकड भए पनि अटोमोवाइल क्षेत्रमा लागेको एक वर्ष पनि पुगेको छैन । एलआरआर अटोमोवाइलले एउटा डिलरमार्फत सेरेसका गाडी बिक्री गर्दै आइरहेको छ । 

काई अटोमोबाइल्सले तीन वटै ग्रुपलाई डिलरसिप दिएको कारण नेपाली व्यापारीहरु एकआपसमै जुध्न बाध्य हुने स्थिति सिर्जना भएको छ । यसरी एउटै ब्राण्डको सबै मोडल आयात गर्न अनुमति दिँदा काम गर्न कठिन हुने जिओ अटोमोवाइसका प्रवन्ध निर्देशक आकाश गोल्छा स्वीकाछन् ।  

उनी भन्छन्, ‘तीन वटै कम्पनीले छुट्टाछुट्टै शोरुम बनाउनु पर्यो । बाहिर पनि सबैले डिलर दिनुपर्यो । यसो हुँदा डिस्काउन्टको प्रतिस्पर्धा चल्छ । सबैले नाफा कमाउन सक्दैनन् ।' 

दशैंअघि नै बजारमा आउने 
यी सबै कम्पनीले दशैं अघि नै काई ब्राण्डलाई नेपाली बजारमा ल्याउने योजना बनाएका छन् । काईले हालसम्म एक्सथ्री प्रो मात्र ‘राईट ह्याड ड्राइभ’को बनाएकाले सबै समूहले सुरुवाती चरणमा यही एउटा मोडल मात्र नेपाली बजारमा ल्याउने छ ।  

Advertisement

Advertisement