पहिलो पटक नेपालतर्फबाट चोओयु हिमालको सफल आरोहण

Advertisement

काठमाडौं । पहिलो पटक नेपालतर्फबाट चोओयु हिमाल (८१८८ मिटर)को सफल आरोहण गरिएको छ । आरोहण कम्पनी सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले नेपालतर्फबाट नयाँ रुट (एस–एसडब्ल्यु राइड, एसएसटी नेपाल रुट) चोओयुको पहिलो पटक आरोहण सफल भएको बताए ।

उनका अनुसार आज (शुक्रबार) अपरानह ८ं३५ मिनेटमा छ जना शेर्पा र एक जना फ्रान्सका नागरिकले चोओयु चढ्न सफल भएका हुन् । चोओयु आधार शिविरबाट शेर्पाले भने, ‘यसअघि पनि नेपालतर्फबाट चोओयुको आरोहणको प्रयास गर्दै आएको हो । तर सफल भएको थिएन । अहिले सफल भयो । खुशी लागेको छ । 
आरोहण टिममा फ्रान्सका अलास्डिर म्याकान्जि, नेपालबाट गाल्जे शेर्पा, छान्वा शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेम्वा शेर्पा, लाक्पा तेन्जी शेर्पा, निग्मा ओङदा शेर्पा छन् । 
 

Advertisement

Advertisement

Advertisement