नवीन सुरक्षण कार्यक्रमहरुमार्फत सुचना प्रबिधि क्षेत्रको वृद्धि गर्न अन्तरक्रिया कार्यक्रम

Advertisement

काठमाडौं ।औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको सहयोगमा निक्षेप तथा कर्जा सुरक्षण कोषले शुक्रबार अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो । 

नवीन सुरक्षण कार्यक्रमहरुमार्फत सुचना प्रबिधि क्षेत्रको वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रममा प्रतिष्ठानका उमेशकुमार गुप्ता नास आईटीका प्रमुख, क्यान फेडेरेशनका पदाधिकारी, काठमाडौं महानगरपालिका कर्मचारी, बैंक वित्तीय संस्थाका प्रमुख कार्यकारी तथा कर्मचारी, सुचना प्रबिधि कम्पनीका सञ्चालक तथा कर्मचारी, कोषका प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारी गरी ९० जनाको सहभागीता रहेको थियो ।

Advertisement

सरकारको सुचना प्रबिधि नीतिलाई आत्मसाथ गर्ने अभिप्रायले आयोजित कार्यक्रमा कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले कोषले प्रस्ताव गरेको सुचना प्रबिधि सम्बन्धी तीन ओटा कार्यक्रमहरुको बारेमा जानकारी गराए । 

बैंक वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जाको मोडालिटी, कर्जा लिनेको कर्तव्य, भुक्तानी तरिका आदिको बारेमा जानकारी दिँदै उनले सहभागीहरुको टीका टिप्पणीहरुको बारेमा जवाफ दिएका थिए । ‌

सहभागीहरुबाट प्राप्त सुझाबहरुलाई मनन गर्दै सुरक्षण कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न कोष कटिबद्ध रहेको भन्दै घिमिरेले सुचना प्रबिधि कम्पनी र बैंङ्क वित्तीय संस्थाहरुको सुझाव तथा सहयोग सधैं आफूहरुलाई जरुरी रहेको बताएका थिए । 

Advertisement

Advertisement