अर्थमन्त्रीले शुद्धीकरण अभियान चलाउने, भ्रष्टाचारको सफाइ गर्न होः पुन

Advertisement


काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धीकरण अभियान शुरु गर्ने बताएका छन् । 

शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सरकारले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धीकरण अभियान शुरु गर्ने बताए । सरकारले भ्रष्टाचारको सफाइ गर्न खोजेको पुनले बताए । 

Advertisement

उनले भ्रष्टाचारको सम्बन्धमा फाइल उठाउने कर्मचारी र स्वीकृत गर्ने कर्मचारीलाई कारबाही नगरी बिचका कुनै कर्मचारीलाई कारबाही गर्ने प्रवृत्ति देखिएको भन्दै आफूहरुले त्यसको अन्त्य गर्ने बताए । 

मन्त्री पुनले नजिक र टाढाको नभनी दोषि उपर कारबाही गरिने बताउनु भयो । अर्थमन्त्री पुनले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न सरकार उभिएको भन्दै सुशासनका लागि राज्यका निकायहरुमा शुद्धीकरण अभियान चलाइने बताए । 

उनले भने, ‘हामी राज्यलाई के भुमिकामा बलियो बनाइराख्छौँ भने नियमन हो । बजार स्वस्थकर छ कि अस्वस्थकर ? जस्तो पनि ल्यायो बेच्यो त्यस्तो हुँदैन । गुणस्तरिय हुनुपर्छ । स्वस्थ चिज बेच्नुप¥यो । व्यापार गर्न पाउँछ तर निश्चित गुणस्तरको हुनुप¥यो । राज्यका नियामक निकायहरु प्रतिस्पर्धी खालको र स्वतन्त्र भुमिकामा हुनुपर्छ । रेफ्रिको भुमिकामा हुनुपर्छ । नीजि क्षेत्र आएर खेती, किसान गर्छ वा अरु बजार गर्छ । तर प्रतिस्पर्धी होस् । कार्टेलिङ नहोस् । मनोपोलि नहोस् । गुणस्तर नपुग्ने सरसामान वा सेवा बिक्री नगरोस् भनेर राज्यको त्यहाँ भूमिका छ । नाफाको पनि सीमा हुन्छ । न्यायोचित रुपमा हुनुपर्छ व्यापार पनि । पुँजीवादको विकृतिको रुपमा भ्रष्टाचार, कुशासन, मिलेमतो आउँछ । यस्ता कुराहरु नीतिगत भ्रष्टाचारहरु आउँछ । त्यो कुरा हामीले सफाइ गर्न खोजेको हो ।’ 

पुनले थपे, ‘सचिव छ । तल उपसचिव छ । तल फाइल उठाउनेलाई पनि कारबाही हुँदैन । सचिवलाई पनि हुँदैन । बिचको उपसचिव, सहसचिवलाई गरिराखेको हुन्छौँ । फाइल उठाउने अधिकृतलाई पनि हुँदैन । त्योभन्दा माथि स्वीकृत गर्नेलाई पनि हुँदैन । यस्तो हुँदैन हाम्रोमा । हामीले शासन गर्दै गर्दा नजिकको वा टाढाको भन्ने हुँदैन । हामीले सुद्धिकरण अभियानको रुपमा, सुशासन कायम गर्ने रुपमा, भ्रष्टाचार नियन्त्रण गर्ने रुपमा नै जानुपर्ने हुन्छ । त्यसरी सरकार उभिएको छ । राज्यका सबै निकायहरुमा शुद्धिकरण अथवा सुशासनको लागि सरकारले काम गरिराखेको छ ।’

उनले सरकारले नियामक निकायहरुलाई बलियो बनाउने पनि बताउनु भयो । पुनले स्वस्थकर कुराहरु मात्रै विक्रि वितरण हुनुपर्ने भन्दै अस्वस्थ कुराहरुको बिक्री वितरण हुन नदिन राज्यले ध्यान पु¥याउने बताए । 

Advertisement

Advertisement