ग्रामीण विकास लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाले असार १५ गतेका लागि सभा आह्वान गरेको हो । 

सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहानको ११ बजेदेखि सुरु हुनेछ । 

Advertisement

सभाले गत आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाहमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक पनि सभाले निर्धारण गर्नेछ । 

साथै, सभाले अन्य उपयुक्त वित्तीय संस्थासँग एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

सभा प्रयोजनार्थ कम्पनीले असार ३ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, असार २ गतेसम्म कायम शेयरधनी कम्पनीको साधारणसभामा सहभागिता जनाउन पाउनेछन् । 

Advertisement

Advertisement