‘नेपालका ४६ प्रतिशत नागरिक बैंकिङ पहुँच बाहिर !’

Advertisement

काठमाडौं । दक्षिण एसियामा ३२.१ प्रतिशत नागरिक बैंकिङ पहुँच भन्दा बाहिर रहेको देखिएको छ । 

‘साउथ एसिया रिजन फाइनान्सियल इक्लुजन इनीसेटीभ’ले प्रकाशन गरेको एक प्रतिवेदनले यस्तो देखाएको छ । उक्त प्रतिवेदन नेपाल राष्ट्र बैंकले पनि शुक्रबार आफ्नो वेवसाइट मार्फत सार्वजनिक गरेको छ । 

Advertisement

प्रतिवेदनअनुसार दक्षिण एसियामा १७.१ प्रतिशत महिला बैंकको पहुँच भन्दा बाहिर देखिएका छन् । बैंकबाट बाहिर हुने पुरुषको संख्या भने १५ प्रतिशत देखिएको छ । यो सन् २०२२ सम्मको तथ्यांकमा आधारित छ ।
 
उक्त प्रतिवेदनले नेपालमा भने ४६ प्रतिशत नागरिक बैंकिङ पहुँच भन्दा बाहिर रहेको देखाएको छ । 

राष्ट्र बैंकको पछिल्लो अध्ययनले झण्डै ४० प्रतिशत नागरिक बैंक बाहिर भएको देखाउछ । तर, उक्त प्रतिवेदनले ४६ प्रतिशत नागरिक बैंक बाहिर भएको देखाएको छ । त्यसमा २५.०५ प्रतिशत महिला र २०।९५ प्रतिशत पुरुष छन् । 

यसैगरी दक्षिण छिमेकी मुलुक भारतमा २२.५ प्रतिशत नागरिक बैकिङ पहुँचमा छैनन् । त्यहाँ ११.३ प्रतिशत पुरुष र ११.२ प्रतिशत महिला बैंकको पहुँचमा नभएको प्रतिवेदनमा उल्लेख छ । 

undefinedयसैगरी बंगलादेशमा सबैभन्दा बढी अर्थात् ४७.२ प्रतिशत नागरिक बैंक भन्दा बाहिर छन् । बंगलादेशमा १८.९५ प्रतिशत पुरुष र २८.२५ प्रतिशत महिला बैंकको पहुँच भन्दा बाहिर देखिन्छन् । श्रीलंकामा १०.७ प्रतिशत नागरिक मात्रै बैंकको पहुँच भन्दा बाहिर देखिएको छन् । त्यहाँ ५.३५/५.३५ प्रतिशतको अनुपातमा महिला र पुरुष बैंकको पहुँच भन्दा बाहिर छन् ।

Advertisement

Advertisement