राशिफलः आज (जेठ २८) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल जेठ महिनाको २८ गते सोमबार, ज्येष्ठ शुक्लपक्षको चतुर्थी तिथि ।

मेष 
आफुले चाहेका कुरा प्राप्त गर्न दृढ र संकल्पित व्यक्तित्व हुने छ । आलोचना गर्नेहरु प्रति निकै कठोर रुख हुने छ । झैझगडाको अवस्था आउने भएकाले संयमित रहनु भने पर्ने छ । पेशागत जीवनमा उचार चढाव देखा पर्ने भएकाले संयमित रहनु होला । दाम्पत्य जीवनमा पनि बादबिबादको क्रम रहने छ । शेयर बजार भने अनुकुल रहने छ ।

Advertisement

वृष
प्रतिष्पर्धीहरुसँग जुध्न मानसिक रुपमा सवलता रहने छ । तर स्वास्थ्यले भने साथ दिने छैन् । मनोबल कमजोर बन्न जाने छ । बौद्धिक व्यक्तित्व भने कायम रहने छ । पेशागत जीवनमा अनपेक्षित समस्याहरु देखा पर्न जाने छन् । धेरै जोखिमपूर्ण लगानीका निर्णयहरु नलिँदा उपयुक्त हुने देखिन्छ । दुविधात्मक व्यक्तित्व हुने भएकाले अरुले भरोषा गर्ने छैनन् । शेयर क्षेत्र औसत खालको हुने छ ।

मिथुन 
मनमा दृढता आउने छ भने मनमा स्थिरता रहने छ । जति मानसिक पक्ष सवल हुने छ सोही रुपमा शारीरिक अवस्था भने रहने छैन् । शारीरिक चोटपटकको चुनौति देखिन्छ । रोजगारी तथा व्यावसाय दुबै क्षेत्रमा समय सकारात्मक रहेको छ । शेयर क्षेत्र सकारात्मक रहने छ ।

कर्कट
मनोवलको अभावले गर्दा भाग्यहिनताको आभाष रहीरहने छ । प्रतिष्पर्धात्मक क्षमतामा गिरावट आउने छ । समय संयमित भएर पाईला चाल्नु पर्ने समय सक्रिय छ । पेशागत क्षेत्रमा भने स्थिरता कायम रहँने हुँदा केही राहत मिल्ने छ । साझेदारीमा गरिएका काममा बिबाद चर्किन जाने भएकाले संयमित रहनु होला । शेयर क्षेत्र भने सकारात्मकतर्फ नै अघि बढ्ने छ ।

सिंह
पारीवारिक जीवनमा द्वन्दात्मक वातावरण देखा पर्ने छ । व्यक्तिगत हिसावले शितल स्वाभाव चरित्र हुने भएता पनि पारीवारिक जीवनमा भने असन्तोाष आउने छ । भाग्यको साथ नरहेकाले कठिनाईहरु सामना गर्नु पर्ने छ । समय प्रतिकुल प्रकृतिको भएकाले संयमित रहनु होला । शेयर क्षेत्र सकारात्मक रहने छैन् ।

कन्या
आम्दानीमा औसत समय चलिरहेको छ । आम्दानी बढाउनका लागि अस्वाभाविक दबाब नलिँदा ठिक हुने समय छ । पेशागत जीवन स्थिर रहने छ । साझेदारीमा गरिएका कामहरुमा गम्भीर बादबिबाद तथा असमझदारी आउने भएकाले संयमित रहनु होला । अध्यन अध्यापनमा भने मन जाने छ । चुनौतिपूर्ण पेशामा आवद्धहरुले उच्चसतर्क रहनु पर्ने समय छ । शेयर बजार सकारात्मक रहने छ । 

तुला
शारीरिक र मानसिक रुपमा कमजोर व्यक्तित्व बन्ने छ । समय प्रतिकुल चलिरहेकाले संयमताको खाँचो पर्ने देखिन्छ । पेशागत जीवन औसत रहने र आम्दानीमा भने केही बृद्धि हुन पुग्ने छ । तर भाग्यको साथको अभावका कारण बाध्या ब्यवधानहरु एक पछि अर्काे निरन्तर आउने छन् । दाम्पत्य जीवनमा पनि चुनौति थपिने भएकाले सतर्क रहनु होला । शेयर बजार औसत प्रकृतिको रहने छ ।

वृश्चिक
पैतृक सम्पत्ति तथा आफुले कमाएर सञ्चित गरेको धनमा समस्या उत्पन्न हुने छ । यसलाई लिएर द्वन्द चर्किन पुग्ने छ । दुविधात्मक व्यक्तित्व हुने छ । पेशागत जीवनमा उतारचढाव देखा पर्ने छ । आम्दानीमा हुने केही बृद्धिले राहत प्रदान गर्ने छ । शेयर क्षेत्र सकारात्मक तर्फ नै रहने भएता पनि धेरै उत्साहि हुने समय देखिँदैन् ।

धनु 
धन सम्पत्तिका विषयमा लफडा मच्चिन जाने छ । भाग्यको साथ रहनाले आँटिलो स्वाभाव हुने हुँदा कठिन परिस्थितिसँग जुध्न तागत आउने छ । पेशागत जीवनमा मनले चाहे जस्तो वा सोचे जस्तो अवस्था नआउने भएकाले चित्त बुझाउनु पर्ने छ । आम्दानीमा कमि आउँदा परिवारको आर्थिक सन्तुलनमा अस्थिरता आउने छ । शेयर बजार प्रतिकुल नै रहने छ ।

मकर 
स्वास्थ्यका कारण अस्पतालजन्य खर्च हुने छ । स्वस्थ खानेकुरा खानेतर्फ ध्यान दिनु होला । मनोबल पनि कमजोर बन्ने छ । पारीवारिक सदस्यहरुका बीच द्वन्द देखा पर्ने छ । समय धैर्य भएर अघि बढ्नु पर्ने प्रकारको छ । पेशागत जीवनमा धेरै जुध्नु पर्ने समय सक्रिय रहेको छ । त्यसैले कम भन्दा कम द्वन्द्वात्मक भएर अघि बढ्ने तर्फ केन्द्रीत रहनु होला । शेयर बजार सकारात्मक रहने छ ।

कुम्भ 
मेहनत र पराक्रम गर्नका लागि मन एकचित्त हुन मन लाग्ने छ । स्वास्थ्यमा सुधार हुने छ । दृढ खालेको व्यक्तित्व हुने छ । यससँगै स–साना विषयमा पनि रिस धेरै उठ्ने व्यक्तित्व हुने भएकाले यस विषयमा ध्यान दिनु होला । परिवारप्रति समर्पित हुन स्वाभाव हुने छ । पेशागत जीवन सकारात्मक रहने छ भने आम्दानीमा पनि केही बृद्धि हुने छ । शेयर बजार अनुकुल रहने छ ।

मीन
जीवनसाथिको शारीरिक स्वास्थ्य अवस्थाको चुनौतिले कठिनाई उत्पन्न गराउने छ । साझेदारीमा गरिएका काममा समस्या देखा पर्ने छ । दृढ खाले ब्यक्तित्व हुने भएकाले कसैले पनि हेप्न सक्ने छैनन् । यौन जीवनसँग सम्बन्धित विषयमा संयमित रहनु होला । पेशागत जीवनमा अस्थिरता आउने छ । शेयर क्षेत्र थोरै अनुकुलतातर्फ नै ढल्कने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement