कर्मचारीलाई १६ अर्ब २२ करोडको खाद्यान्न सुविधा

सरकारी कर्मचारीहरु लगाउँछन् बार्षिक पाँच अर्बको ‘ड्रेस’, भत्ता र सुविधामा कति हुन्छ खर्च ?
photo credit-AI

Advertisement

काठमाडौं । आगामी आर्थिक बर्ष २०८१–८२ मा सरकारी कर्मचारीको तलव र अन्य  सुविधामा सरकारको एक खर्ब ६३ अर्ब २७ करोड ५२ लाख रुपियाँ खर्च गर्न हुने अनुमान गरिएको छ । 

अर्थ मन्त्रालयले तयार गरेको आगामी आवको बजेटको रातो किताबमा कर्मचारीको तलव र अन्य सुविधामा सो बराबरको रकम खर्च हुने उल्लेख गरिएको हो । 

Advertisement

अर्थमन्त्री बर्षमान पुनले गत जेठ १५ गते आगामी आवको बजेट संसद्मा प्रस्तुती गरिसकेको छन् । कुल १८ खर्ब ६० अर्ब ३० अर्ब ३० करोड रुपियाँ आकारको उक्त बजेटमाथि हाल संसद्मा छलफल भइरहेको छ । 

आगामी आवमा कुल बजेटको नौ प्रतिशत रकम कर्मचारीको तलव र अन्य सुविधामा खर्च हुने देखिन्छ । चालु बजेट ११ खर्ब ३० अर्ब ५५ करोड ८५ लाख रुपियाँमा कर्मचारीको तलव र सुविधाबापत हुने खर्चको हिस्सा १४.४४ प्रतिशत हुने देखिन्छ । 

रातो कितावअनुसार कर्मचारीको तलबमा मात्रै एक खर्ब २२ अर्ब ५४ करोड ३८ लाख रुपियाँ खर्च हुने देखिन्छ । पदाधिकारीको तलबबापत चजे थप दुई अर्ब आठ करोड ८९ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
 
कर्मचारीको पोशाकका लागि भने चार अर्ब ८२ करोड सात लाख रुपियाँ बजेट छुट्टाइएको छ । यसैगरि कर्मचारीको खाद्यान्नका लागि १६ अर्ब २२ करोड ३० लाख रुपियाँ बजेट छुट्टाइएको छ । कर्मचारीको ड्रेस र खाद्यान्नमा बार्षिक ठूलो रकम खर्च हुने यो तथ्यांकले पुष्टी गरेको छ । 

कर्मचारीको महंगी भत्तामा सात अर्ब एक करोड ५७ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।यसैगरि, कर्मचारीको औषधि उपचार खर्चका लागि दुई अर्ब ३२ करोड ६५ लाख रुपियाँ, स्थानीय भत्ताका लागि एक अर्ब २० करोड ८८ लाख रुपियाँ, फिल्ड भत्ताका लागि एक करोड ४४ लाख रुपियाँ, बैठक भक्ताका लागि २४ करोड ७८ लाख रुपियाँ र बैदेशिक भत्ताका लागि ८९ करोड ८७ लाख रुपियाँ छुट्टाइएको छ । 

यसैगरि, कर्मचारी प्रोत्साहन तथा पुरस्कारका लागि ५४ करोड पाँच लाख रुपियाँ बिनियोजन गरिएको छ । यसरी कर्मचारीले समीक्षा अवधीमा तलव र अन्य सुविधाबापत एक खर्ब ६० अर्ब ३१ करोड ५८ लाख रुपियाँ खर्च हुने देखिन्छ । योबाहेक थप दुई अर्ब ९५ करोड ९४ लाख रुपियाँ कर्मचारीको सामाजिक सुरक्षामा खर्च हुने अनुमान गरिएको छ । 
त्यसमा, योगदानमा आधारित निवृतिभरण तथा उपदान कोषमा एक अर्ब ५२ करोड ६१ लाख रुपियाँ खर्च हुने देखिन्छ । यसैगरिक कर्मचारी कल्याणकारी कोषमा ३५ लाख रुपियाँ, अन्य सामाजिक सुरक्षामा ३५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । यस्तै, पदाधिकारीको योगदानमा आधारित निवृतिभरण तथा उपदान कोषका लागि ११ लाख र योगदानमा आधारित बीमा कोषका लागि १० करोड २४ लाख रुपियाँ खर्च हुने देखिएको छ । 

चालु आवमा कर्मचारीको तलव र अन्य सुविधामा भने एक खर्ब ५९ अर्ब ३० करोड ७३ लाख रुपियाँ खर्च हुने अनुमान छ । त्यसमा कर्मचारीको पारिश्रमिकमा मात्रै एक खर्ब १९ अर्ब ८४ करोड ९६ लाख रुपियाँ खर्च हुने अनुमान छ । पदाधिकारीको पारिश्रमिकमा भने एक दुई अर्ब ८१ करोड ७८ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।

Advertisement

Advertisement