बुद्धभूमि नेपाल हाइड्रोको विशेष साधारणसभा आज, शतप्रतिशत हकप्रद पारित गर्ने

Advertisement

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले हकप्रद शेयर जारी गर्ने भएको छ । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो । 

Advertisement

हकप्रद निष्कासन प्रस्ताव पारित गर्न कम्पनीको विशेष साधारणसभा आज बुधबार जेठ ३० गते बस्दैछ । 

सभा, कम्पनीको रजिष्टर्ड कार्याल, पानीपोखरी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ २३ गते बुक क्लोज गरिसकेको छ ।  

अतः जेठ २२ गतेसम्म कायम रहेका शेयरधनीले मात्र भाग लिन पाउनेछन् । 

हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपियाँ रहेको छ । हकप्रद शेयर जारी भएपछि कम्पनीको चुक्ता पुँजी ८० करोड रुपियाँ पुग्नेछ ।


 

Advertisement

Advertisement