सुनको मूल्य प्रतितोला ६ सय रुपियाँ बढ्यो

Advertisement

काठमाडौं । दुई दिनदेखि स्थिर रहेको सुनको मूल्य आज बुधबार बढेको छ भने चाँदीको मूल्य भने घटेको छ । सुन प्रतितोला ६ सय बढ्दा चाँदी प्रतितोला ५ रुपियाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४१ हजार ६ सय र तेजावी सुन प्रतितोला १ लाख ४० हजार ९०० रुपियाँमा कारोबार भइरहेको छ ।  

Advertisement

यता, ,चाँदी प्रतितोला १८ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement