टिकटकले सुरू गर्यो ‘न्यू एआई कन्टेन्ट लेबलिङ’ र ‘मिडिया लिट्रेसी इनिसियटिभ्स’

Advertisement

काठमाडौं । टिकटकले सुरक्षित र जिम्मेवार कन्टेन्ट क्रियसनमा आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै एआई ट्रान्सपरेन्सी र मिडिया लिट्रेसीको घोषणा गरेको छ । 

कोयलिसन फर कन्टेन्ट प्रोभिनेन्स एण्ड अथेन्टिसिटि (सीटूपीआई) सँगको सहकार्यमा विभिन्न प्लेटफर्महरूबाट अपलोड गर्दा अटोमेटिक रूपमा एआई जेनेरेटेड कन्टेन्ट (एआईजीसी) लेबल गर्न कन्टेन्ट क्रिडेन्सियल प्रविधि प्रयोग गर्ने आफूहरु पहिलो भिडियो सेयरिङ प्लेटफर्म बनेको टिकटकको भनाई छ ।

Advertisement

एआई जेनेरेटेड कन्टेन्टद्वारा उत्पन्न सम्भावित चुनौतीहरू बुझ्दा टिकटकले पारदर्शिता बढाउन बलियो सिस्टम लागू गरेको छ । यस पहलमा टिकटकको स्वामित्वको एआई इफेक्टहरूसँगै एआईजीसीका सबै अटोमेटेड लेबलिङ समावेश छन् । गत वर्ष कन्टेन्ट ओरिजिनको स्पष्ट बुझाइलाई बढावा दिँदै टिकटकको इनोभेटिभ लेबलिङ टुल्सबाट ३७ मिलियन भन्दा बढी क्रियटरहरूले लाभ उठाएका जनाइएको छ ।

आफ्नो पारदर्शिताका प्रयासहरूलाई अगाडि बढाउँदै सो ब्राण्डले चाँडै नै डाउनलोड हुँदा पनि मेटाडाटा कन्टेन्टसँगै रहनेगरी आफ्ना सबै कन्टेन्टहरूमा कन्टेन्ट क्रिडेन्सियलहरू विस्तार गर्ने जनाएको छ । यो सुविधाले प्रयोगकर्ता र बाह्य प्लेटफर्महरूलाई कन्टेन्टको प्रमाणिकता पुष्टि गर्न सक्षम बनाउँदै डिजिटल परिदृश्यमा पारदर्शिताको विश्वव्यापी स्ट्याण्डर्डलाई बढावा दिन उसकोे विश्वास छ ।

मिडियावाइज र विटनेससँगको साझेदारीमा टिकटकले मिडिया साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले शैक्षिक अभियानहरूको शृंखला सुरु गर्ने जानकारी पनि दिएको छ । यी पहलहरू वास्तविक र भ्रामक एआई –जेनेरेटेड कन्टेन्टबीचको भिन्नता पहिल्याउँदै अनलाइन जानकारीको आलोचनात्मक मूल्याङ्कन गर्न प्रयोगकर्ताहरूलाई सशक्त बनाउन डिजाइन गरिएको हो । 

वर्षभरि टिकटकले मिडियावाइजसँगको सहकार्यमा युनिभर्सल मिडिया लिट्रेसिस्किललाई बढावा दिनमा केन्द्रित १२ वटा भिडियोहरूको शृङ्खला जारी गर्नेछ ।

एडबका जनरल काउन्सिल र प्रमुख ट्रस्ट अफिसर दाना राव भन्छन, ‘विश्वव्यापी रूपमा क्रियटर र युजरहरूको विशाल समुदाय भएको टिकटकको सीटूपीए र सीएआई दुवैमा संलग्नता हुनु निकै महत्त्वपूर्ण छ । आजको डिजिटल युगमा कन्टेन्टको प्रामाणिकता सुनिश्चित गर्नु महत्त्वपूर्ण हुन्छ । यो साझेदारीले त्यो लक्ष्यतर्फको महत्त्वपूर्ण कदमलाई चित्रित गर्दछ ।’

मिडियावाइजका निर्देशक एलेक्स महादेवनले भनेका छन्, ‘सन् २०१९ मा टिकटकमा हाम्रो टिन फ्याक्ट–चेकिङ नेटवर्क सुरु गरेदेखि नै हामीले महत्त्वपूर्ण इन्गेजमेन्ट देखेका छौं । हामी यी नयाँ माध्यमहरू मार्फत् मानिसहरूलाई अनलाइन फिक्सनबाट तथ्य पत्ता लगाउन सशक्त बनाउन आतुर छौं ।’

एडब नेतृत्वको कन्टेन्ट प्रमाणिकता इनिसियटिभ (सीएई)मा सामेल भएर कन्टेन्ट प्रामाणिकतालाई बढावा दिने विद्यमान मापदण्डहरू अपनाउनमा आफूहरु अग्र पंक्तिमा रहेको भन्दे टिकटकले यस सहयोगी प्रयासले प्रयोगकर्ताको अनुभव र विश्वास बढाउँदै टिकटकमा अटो लेबल गरिएको एआईजीसीको मात्रा क्रमशः बढाउने अपेक्षा गरेको बताएको छ । 

टिकटक चिनियाँ प्रविधि कम्पनी हो जो छोटो आकारको मोबाइल भिडियोका लागि लोकप्रिय बन्न सफल भएको छ । 

Advertisement

Advertisement