अहिले बुकिङ गर्नेले बजेट अघिकै मूल्यमा टाटाको टियागो इभी पाउने !

Advertisement

काठमाडौं । अहिले बुकिङ गर्नेले बजेट अघिकै मूल्यमा टाटाको टियागो इभी पाउने भएका छन् । टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सूचना जारी गर्दै अहिले बुकिङ गर्नेका लागि पुरानै मूल्यमा गाडी दिने जनाएको हो । 

यो योजना सीमित अवधिका लागि मात्र मान्य हुने कम्पनीकी मार्केटिङ म्यानेजर अभिरुची गिरीले जानकारी दिइन् । ‘यो योजना टियागो इभीका लागि मात्र हो । स्टक सकिएपछि वा नयाँ मूल्यसूची सार्वजनिक भएपछि यो योजना मान्य हुने छैन,’ उनले भनिन् । 

Advertisement

अर्थमन्त्री बर्षमान पुनले आगामीआर्थिक वर्ष २०८१–८२ को बजेटमार्फत विद्युतीय सवारी साधन (ईभी) को करको दरमा हेरफेर गरेका थिए । आर्थिक वर्ष २०८०–८१ मा विद्युतीय गाडीको भन्सार मोटर क्षमताअनुसार १० देखि ६० प्रतिशतसम्म र अन्तःशुल्क शून्यदेखि ६० प्रतिशतसम्म थियो भने पुनले यो दरलाई परिमार्जन गर्दै मोटर क्षमता अनुसार भन्सार १५ देखि ८० प्रतिशत र अन्तःशुल्क न्यूनतम् ५ प्रतिशत देखि ५० प्रतिशतसम्म कायम गरेका थिए ।

यो दरले विद्युतीय सवारी साधनको मूल्यमा १३÷१४ प्रतिशत फरक पार्छ। सिप्रदीले टियागोको मूल्य २ लाखदेखि २ लाख ५० हजारसम्म बढाउने तयारी गरेको छ । हाल नेपालमा टियागो इभीका ३ वटा भेरिएन्ट उपलब्ध छन् । बजेटअघि टियागो इभी एक्सटीको २६ लाख ४९ हजार, एक्सजेड प्लसको २७ लाख ९९ हजार र एक्सजेड प्लस टेक लक्जरीको २८ लाख ९९ हजार थियो ।
 

Advertisement

Advertisement