गिरीबन्धुको भ्रष्टाचारलाई चोख्याउन गिरीबन्धुकै सञ्चालकलाई मैदानमा उतारियो

Advertisement

काठमाडौं । झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टि इस्टेट प्रा.लि.का सञ्चालक छत्र गिरीले गिरीबन्धु राज्यको सम्पत्ति नभएको तर्क गर्दै सट्टापट्टा गर्न पाउनुपर्ने आशय व्यक्ति गरेका छन्  

चिया वागन सञ्चालनका लागि मात्रै उक्त जग्गा भोगाधिकार पाएका उनले पत्रकार सम्मेलन आफ्नो वा आफ्ना परिवारको स्वामित्वमा भएको गिरीबन्धु टि इस्टेट राज्यको सम्पत्ति नभएको बताएका हुन् । 

Advertisement

व्यवसायिक प्रयोजनमा प्रयोग नगर्ने हो भने गिरीले १० विघाभन्दा बढी जग्गा भोगाधिकार गर्न पाउँदैनन् । कुल ३९० विघा जग्गामध्ये बाँकी स्वतः राज्यको स्वामित्वमा जान्छ । 

पत्रकारहरूसामु उनले गिरीबन्धु टि इस्टेट आफ्ना बाबु–बाजेले आर्जेको सम्पत्ति भएको र त्यो सम्पत्ति राज्यको नभएको बताउँदै आफ्नो निजी सम्पत्तिमा विभिन्न प्रकारको अफवाह फैलाइएको तर्क गरे । 

२०२१ सालमा भूमि सम्बन्धी ऐन लागू हुनअघि नै गिरीबन्धुले चिया खेती बिस्तार गरेको गिरीको भनाइ थियो । उनले हदबन्दी छुटमा पाँच सय विघा जग्गा राख्ने अनुमति पाएकोमा अहिले गिरीबन्धुको नाममा ३९० विघा जग्गा रहेको बताए । 

सर्वोच्च अदालतको हालै गरेको फैसलालाई पालना गर्दै निकास खोज्ने काम भइरहेको गिरीले बताए । एकै पटक धेरै जग्गा पाउन गाह्रो हुने भएकाले विभिन्न व्यक्तिहरूसँगको सहकार्यमा जग्गाको कारोबार शुरु गरेको गिरीले बताए । 

दीपक मलहोत्रा, विष्णुबहादुर राईलगायत व्यक्तिहरूसँग जग्गाको विषयमा कारोबार भएको गिरीले स्वीकार गरे । बदनियतपूर्ण तरिकाले विर्तामोडको गिरीबन्धुको जग्गा कमसल जग्गासँग सट्टापट्टा गरी एक खर्बभन्दा बढी अनियमितता गर्न संसदबाटै नीतिगत निर्णय गर्ने काम भएको आलोचकहरुले बताउँदै आएका छन् भने नीतिगत निर्णय गराउन मुख्य भूमिका खेल्ने नेकपा एमालेका अध्यक्ष केपी ओलीले भने आरोपको खण्डन गर्दै आएका छन् । 

Advertisement

Advertisement