राजश्व अनुसन्धान विभागको एक्सनः १० महिनामा ९२ वटा मुद्दा दर्ता, ६ अर्ब ४५ करोड बिगो कायम

Advertisement

काठमाडौं । राजश्व अनुसन्धान विभागले चालु आर्थिक वर्षको १० महिनामा ६ अर्ब ४५ करोड ८१ लख बिगो कायम गरी ९२ वटा विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । 

दुई सय २ जना प्रतिवादी बिरुद्ध ७ अर्ब ३० करोड ३३ लाख सजाय माग गरिएको विभागले जनाएको छ । 

Advertisement

राजश्व चुहावट तथा विदेशी विनिमयतर्फ धरौटी बापत १८ करोड ४७ लाख ५ हजार राजश्व संकलन गरिएको विभागका महानिर्देशक चक्रबहादुर बुढाले बताए । 

भेहिकल एण्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) तर्फ अनुगमन गर्दा ८१८ वटा कम्पनीहरुलाई जरिवाना गरी ३ करोड २० लाख ९४ हजार राजश्व संकलन गरिएको छ । 

विभागका राजश्व चुहावट नियन्त्रणका लागि समीक्षा अवधिमा १६७० पटक गस्ती परिचालन गरिएको छ । 

भीसीटीएस कन्साइनमेन्ट प्रयोगकर्ताको संख्या २ लाख ४६ हजार रहेको र १० महिनामा ती प्रयोगकर्ताहरुले ७९ लाख ८ हजार पटम भीसीटीएस कन्साइनमेन्ट गराएको विभागको प्रगति विवरणमा उल्लेख छ ।  
 

Advertisement

Advertisement