विद्युतीय चुरोट उत्पादनमा लाइसेन्स शुल्क रु. दुई लाख, नयाँ मदिरा उत्पादन गर्दा रु. ५० हजार

Advertisement

काठमाडौं । अब विद्युतीय चुरोट (भेप) उत्पादन गर्ने कम्पनीहरुले लिने इजाजत पत्र अर्थात् लाइसेन्समा दुई लाख रुपियाँ शुल्क तोकिएको छ । 

लाइसेन्स लिँदा र नवीकरण गर्दा सो बराबरको शुल्क तोकिएको हो । सरकारले अन्तःशुल्क नियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । पहिला भेप उत्पादन गर्ने कम्पनीलाई लाइसेन्स लिँदा र नवीकरण गर्दा यस्तो शुल्क लाग्ने व्यवस्था थिएन । तर, सरकारले अहिले आएर त्यसमा लाइसेन्स शुल्क निर्धारण गरेको छ । 

Advertisement

 यस्तै, भेप आयात गर्ने कम्पनीले पनि लाइसेन्स लिँदा र नवीकरण गर्दा ५० हजार रुपियाँ शुल्क तिर्नुपर्नेगरी नियमावली संशोधन भएको छ भने विद्युतीय चुरोटको थोक बिक्री कम्पनीले पनि सात हजार दुई सय रुपियाँ र खुद्रा खरीद बिक्री गर्ने कम्पनीले दुई हजार रुपियाँ शुल्क तिर्नुपर्ने गरी नियमावली संशोधन भएको छ । 

मदिरा (रक्सी)को नयाँ ब्रान्ड उत्पादन गर्ने अनुमतिका लागि ५० हजार रुपियाँ शुल्क तोकिएको छ । सुर्तिजन्य बस्तुको नयाँ ब्रान्डको उत्पादन गर्ने अनुमति लिन पनि १० हजार रुपियाँ शुल्क लाग्ने बताइएको छ । 

सरकारले केही महिनाअघि मात्रै विद्युतीय चुरोटलाई प्रतिवन्ध लगाउने हल्ला चलेको थियो । तर, आगामी आवको बजेटमार्फत यसमा बिभिन्न शुल्कहरु तोकिएको छ । सरकारले बजेट मार्फत नै यसमा यस्तो शुल्क बढाउने नीति ल्याएको थियो । सरकारले यसलाई प्रतिवन्धनै भने लगाउन सकेन् । 

Advertisement

Advertisement