राशिफलः आज (जेठ ३२) तपाइँको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल जेठ महिनाको ३२ गते शुक्रबार, ज्येष्ठ शुक्लपक्षको अष्टमी तिथि, आज वायु अष्टमी ।

मेष 
पेशागत जीवनमा विशेष प्रकृतिको लाभ प्राप्त हुने छ । कमाईमा पनि बृद्धि हुने छ । राम्रो परिणामहरु आउँदा आउँदै पनि मनमा भने सन्तोषको भाव आउने छैन, निराशाले गाँज्ने भएकाले मन नियन्त्रणमा हरदम प्रयास गर्नु होला । व्यावसायीको हकमा धेरै जोखिम भन्दा निरन्तरतामा जोड दिँदा उचित हुने छ ।

Advertisement

वृष
पेशागत जीवनमा चुनौतिपूर्ण समय सक्रिय रहेको छ । व्यक्तित्वमा शिथिलता देखा पर्न जाने छ । भाग्यहिनताको अवस्थाले गर्दा उन्नति तथा प्रगतिका क्रमहरुमा बाधा ब्यवधानहरु निरन्तर उत्पन्न हुँदा निराशा छाउने छ । कमाईको मात्रामा हुने हल्का बृद्धिले केही राहत अवश्य प्रदान गर्ने छ ।

मिथुन 
पेशागत जीवनमा उन्नति हुने छ । जसले मनमा सन्तोष उत्पन्न गराई दिने छ । आम्दानीमा पनि बृद्धि हुने छ । रिस भने कडा खालको हुने भएकाले यसको नियन्त्रणमा संयमित रहनु नै उपयुक्त हुने छ । बोली भने नरम हुने छ । अरु सबैले आत्मिय ठान्ने छन् ।

कर्कट
पेशागत जीवनमा सकारात्मक प्रगतिहरु हासिल हुने छन् । नरम र लचिलो प्रकृतिको व्यक्तित्व हुँदा सबैसँग मिलनसार बानी हुने छ । परिवारको साथले गर्दा व्यक्तित्वमा दृढता आउने छ भने मनमा पनि सन्तोष उत्पन्न हुने छ । भाग्यहिनताले गर्दा मनमा हिनताबोध लागि रहने छ । 

सिंह
पेशागत क्षेत्र शुभ नै रहने छ भने कमाईको मात्रामा पनि बढोत्तरी हुन जाने छ । साझेदारीमा गरिएका कामहरुमा समस्याहरु देखा पर्ने भएकाले सतर्कतापूर्वक पाइला चाल्नु होला । आफ्नो सपना र लक्ष्य पुरा गर्नका लागि समर्पित हुने तथा क्रियाशिल रहने व्यक्तित्व हुने हुँदा अरुले पनि कदर गर्ने छन् । 

कन्या
पेशागत जीवनमा प्राप्त हुने प्रतिफलबाट व्यक्तित्वको ख्याति बढ्ने छ । तर आम्दानी भने सोचे जस्तो नहुँदा प्राप्त ख्याति धान्न मुस्किल पर्न जाने छ । व्यक्तित्व दृढ खालको हुने भएकाले अरुले हेप्न सक्ने छैनन् । घर घडेरी तथा जग्गा जमिन क्षेत्रबाट फाइदा प्राप्त हुने छ ।

तुला
बोलीको प्रभावकारितामा कमि देखिने भएकाले संयमितता अपनाउनु होला । जीवनसाथिको सल्लाह बमोजिम कदम चालेमा पेशागत जीवनलाई स्थिर बनाउन ठुलो मद्धत मिल्ने छ । अध्ययन अध्यापनमा सुस्ताता आएता पनि बौद्धिक छविमा कुनै कमि आउने छैन् । कल्याणकारि सोचाई भएको व्यक्तित्व बन्ने छ ।

वृश्चिक
पेशागत जीवनमा प्राप्त हुने प्रतिफलले भाग्य निर्माण गर्ने छ । पेशागत करियरमा पदोन्नति तथा कदर प्राप्त हुने छ । कार्य मुल्यांकनमा सन्तोषजनक समय रहेको छ । भाग्यको बलियो साथ रहेकाले बोलीको प्रभाव बढ्न जाने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । 

धनु 
पेशागत  जीवन सकारात्मक रहने छ । उचित कार्य मुल्यांकन हुने छ भने थप जिम्मेबारी प्राप्त हुने छ । व्यावसायमा संलग्नहरुका लागि पनि नाफामा बृद्धि हुने र आम्दानीमा बढोत्तरी हुन जाने छ । कामको शिलशिलामा यात्रारत रहनु पर्ने हुन्छ । बोलीमा रुखोपना आउने भएकाले संयमित रहनु होला ।

मकर 
पेशागत जीवनमा द्वन्दात्मक वातावरण उत्पन्न हुन जाने छ । प्रतिष्पर्धात्मक स्वाभाव कायम हुने भएकाले अरुबाट हेपिनबाट भने जोगिने छ । तर उल्झनहरुको भने सामना गरेरै अघि बढ्नु पर्ने बाध्यात्मक अवस्था आउने छ । साझेदारमा गरिएका कामहरु नतिजामुखि बन्न जाने छन् । बोलीमा आउने रुखोपनाले जीवनमा व्यवधान ल्याउने भएकाले संयमित रहनु होला ।

कुम्भ 
पेशागत  जीवन औसत खालको रहने छ । आम्दानीको अंश अनुत्पादक क्षेत्रमा गाडिन जाने चुनौति देखिएकाले निकै सोच विचार गरेर मात्र आम्दानीको प्रयोग गर्नु उचित हुने छ । दृढ खालको व्यक्तित्व हुने हुँदा अरुले हेप्न सक्ने छैनन् । तर कतिपय सन्दर्भमा अत्याधिक कडाखालको सोच देखिने भएकाले यस्ता विषयमा लचक नै रहनु व्यावहारिक हुने छ ।

मीन
पेशागत जीवनमा अवरोधहरुको सामना गर्नुपर्ने छ । आलोचना गर्नेहरु बढि हुने छन् । मनमा दुविधाको मात्रा अत्याधिक आउँदा निर्णय क्षमतामा कमि आउने छ । व्यक्तित्व भने दृढ प्रकृतिको हुँदा हुँदै पनि बौद्धिकताको अभावले गर्दा सामाजिक प्रतिष्ठामा आँच आउने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement