हुलास फिनभर्स हायर पर्चेजले आईपीओ जारी गर्ने

Advertisement

काठमाडौं । आईपीओ जारी गर्ने प्रस्तावसहित हुलास फिनभर्स हायर पर्चेज लिमिटेडले विशेष साधारणसभा बोलाएको छ । 

सभा, असार १६ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

Advertisement

सभाले कम्पनीको अधिकृत तथा जारी पुँजी वृद्धि गर्ने, नयाँ संस्थापकहरूमा बढीमा तीन करोड रुपियाँबराबरको थप संस्थापक शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

संस्थापक शेयर जारीपश्चात् सर्वसाधारणका लागि छुट्याइएको शेयरको प्रिमियम मूल्यमा वा बुक बिल्डिङ विधिमार्फत वा अंकित मूल्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने, प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

Advertisement

Advertisement