सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय घटेको हो भने चाँदी प्रतितोला १० रुपियाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४१ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ४० हजार ५०० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी प्रतितोला १८ सय रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement