ग्लोबल आइएमई बैंकका ग्राहकले होटेल आइकावा छुट पाउने

Advertisement

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहक तथा कर्मचारीहरूले होटेल आइकावा इनमा १५ प्रतिशत छुट पाउने भएका छन् ।

बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई होटेल आइकावा इन प्रालिका विभिन्न सेवामा विशेष छुट प्रदान गरिने समझदारीमा हस्ताक्षर भएको हो । 

Advertisement

उक्त समझदारी पत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रुपेन्द्र वाग्ले र होटेल आइकावा इन प्रालिका अध्यक्ष घनश्याम शर्मा अर्यालले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकको डेबिट, क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले होटेल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

Advertisement

Advertisement