नेपाललाई दक्षिण अफ्रिकाको ११६ रनको सहज चुनौति

Advertisement

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटअन्तर्गत शनिबार विहान भएको समूह चरणको तेस्रो खेलमा नेपाललाई दक्षिण अफ्रिकाको ११६ रनको चुनौति दिएको छ । 

टस जितेर पहिला फिल्डङ गरेको दक्षिण अफ्रिकाले २० ओभरको खेलमा सात विकेटको क्षतिमा ११५ रन बनाउन सफल भएको छ । नेपाली टिमले पटक पटक विकेट लिने मौका गुमाए पनि राम्रो प्रदर्शन गरेको थियो । 

Advertisement

आजको खेलमा लोकप्रिय खेलाडी संदीप लामिछाने पनि सहभागी भएा थिए । उनले एक विकेट लिन सफल भए । दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए । उनले ५ चौका र १ छक्का प्रहार गरे । ट्रिस्टन स्टब्सले १८ बलमा २७ रनको योगदान दिए । उनले २ चौका र १ छक्का प्रहार गरे भने कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए । उनले २ चौका प्रहार गरे ।  क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे । उनले एक चौका हाने । 

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट हात पारे । चार ओभर बलिङ गर्दै उनले १९ रन मात्र दिए । त्यस्तै, दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । चार ओभर बलिङ गर्दै उनले मात्र २१ रन खर्चिए । सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए । 

Advertisement

Advertisement