सय दिनमा केही नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु होः गृहमन्त्री लामिछाने

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले देशमा केही पनि नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु रहेको तर्क गरेका छन् । 

शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको कार्यक्रममा उनले रास्वपासँग आम नागरिकहरुको ठूलो आश रहेको भन्दै रास्वपाले सरकारमा गएको सय दिनमा कुनै नराम्रो काम नगरेको दाबी गरे । 

Advertisement

आम नागरिकको मत लिएर सरकारमा गएको रास्वपाले कुनैपनि नराम्रो काम गरेको बताउँदै लामिछानेले रास्वपालाई देश बनाउने, नागरिकको स्तर सुधार्ने ठूलो कार्यभार रहेको बताए । उनले उपलब्धि नै भ्रष्टाचारीको ठूला फाइल खोल्नुलाई लिइरहेको बताए । लामिछानेले आफ्नो पार्टी सरकारमा पुगेपछि विधिको स्थापना गरेको बताए । 

उनले भने, ‘हामीसँग आशा र अपेक्षा यति धेरै गरिएको छ, मैले हिजो पनि भनेको थिएँ, यो देशमा केही पनि नराम्रो नगर्नु सबैभन्दा राम्रो गर्नु हो आजको दिनमा । नराम्रो केही पनि नगर्नु नै आफैँमा राम्रो गर्ने अवस्था सिर्जना भएको बेलामा म गर्वका साथमा भन्नसक्छु, तपाईंको मत लिएर गएको रास्वपाले सय दिनमा नराम्रो काम एउटा पनि गरेनौँ ।’ 

लामिछानेले थपे, ‘तर नराम्रो नगर्दैमा पुग्ने दल हो र हाम्रो । हामीमा त कत्रो भारी छ । कत्रो अपेक्षा छ, माछै माछाका कुरा छन् यहाँ । सबैभन्दा ठूलो त यहाँ माछा छ नि त । उपलब्धि के हो माछा भन्ने हामीले बनाएका छाँै । हामीले पनि भनेकै हौँ, बनाएका पनि हौँ । अरु त सबै ठिक छ, खै त भन्ने । चिया पसलहरुमा पनि खै त सय दिन भयो खै त भन्ने छ । विधिको स्थापना गर्ने काम गरेको छ, पछिसम्म काम लाग्ने काम गरेको छ ।’

उनले पुराना राजनीतिक दलहरुसँग आफ्नो पार्टी मिलेर नगएको र रास्वापाका पदाधिकारी चिन्तित भएर लाग्नु नै पार्टी अघि बढ्नु रहेको बताए । लामिछानेले पार्टीलाई जनता केन्द्रीत गर्ने पनि बताए । पार्टीलाई जनता केन्द्रीत तुल्याउन सबैलाई एक ढिक्का भएर अघि बढ्न आग्रह गर्दै उनले पार्टी उन्नयनका लागि काम गर्न निर्देशन दिए । 

सङ्गठन सुदृढीकरणलाई केन्द्रमा राखेर काम गर्न सबै तहका नेता तथा कार्यकर्तालाई लामिछानेले आग्रह गरे । 

Advertisement

Advertisement