राशिफलः आज (असार २) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल असार महिनाको २ गते आइतबार, ज्येष्ठ शुक्लपक्षको दशमी तिथि, आज वज्रगुरु पद्मसम्भव जयन्ती ।

मेष
शारीरिक स्वास्थ्य समस्या देखा पर्ने छ । मानसिक रुपमा अन्योल व्यक्तित्व हुने छ । बोलीको प्रभाव घट्न जाँदा अविश्वास पैदा हुने छ । परिवारको साथ मिल्ने हुँदा केही राहत मिल्ने छ । पेशागत जीवन औसत खालको रहने छ । शेयर क्षेत्र औसत खालको रहने छ ।

Advertisement

वृष
आर्थिक अवस्थामा अन्तुलन आउने र पारीवारिक जीवनमा दबाबको अवस्था आउने छ । मनमा एक तमासको निराशाले सताइ रहने छ । पेशागत क्षेत्रमा धैर्य र संयमित भएर पाइला चाल्नु नै उपयुक्त हुने छ । परिवारमा वैमनश्यता देखिने हुँदा सामाजिक रुपमा अरुले कुरा काट्ने छन् । शेयर क्षेत्र शुभ रहने छैन् ।

मिथुन 
रचनात्मक विचार आउने छन् । आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवनमा सफलता मिल्ने छ । प्राप्त जिम्मेबारीमा सफलता मिल्ने छ । समाजबाट पनि कदर प्राप्त हुने छ । परिवारमा रमाईलो गर्न पाइने छ । शारीरिक रुपमा स्वास्थ्य समस्या देखिने छ । शेयर क्षेत्र चुनौतिपूर्ण देखिन्छ ।

कर्कट
बाध्यात्मक कारण परिवन्धमा परेर प्रशासनिक झमेलाहरु भोग्नु पर्नेछ । कुलतका क्षेत्रहरुका कारण बदनाम हुने चुनौति रहेको छ । संगतहरुमा विशेष गरी ध्यान दिनु होला । भाग्यको साथ रहेको छैन् । परिवारका मानिसहरुले तनाव भोगेको अनुभव भई दुखित हुन पुग्ने छन् । शेयर क्षेत्र अनुकुल रहने छैन् । 

सिंह
बोली प्रभावकारी हुने हुँदा अरुको मन जित्न सकिने छ । कतिपय अवस्थामा आवश्यकता भन्दा कडा खालको व्यक्तित्व हुने हुँदा त्यसमा नरमपना ल्याएमा शुभ रहने छ । आम्दानीमा बृद्धि हुने छ । यसअघि भइ आएका मित्रतामा कटुता देखा पर्ने छ । पेशागत जीवन अपेक्षाकृति हुने छैन् । शेयर क्षेत्र औसत खालको हुने छ ।

कन्या
आलोचना गर्नेहरुले पनि प्रशंसा गर्ने छन् । प्रतिष्ठा बढ्ने र जिम्मेबारी पनि थपिने छ । आम्दानीमा केही बृद्धि देखिने छ । जोखिमपूर्ण क्षेत्रमा सँलग्नहरुलाई समय अनुकुल देखिन्छ । स्वास्थ्यमा समस्या आउने हुँदा अस्पताल धाउनु पर्ने हुन सक्छ । शेयर क्षेत्र सकारात्मक रहने छ ।

तुला
प्रभावकारी बोलीका कारण अरुको विश्वास आर्जन गर्न सकिने छ । निर्णय क्षमतामा गिरावट आउने हुँदा अन्योलता रहने छ । खर्च धेरै बढ्न पुग्ने छ । खासगरी किनमेलमा धेरै रकमहरु खर्च हुन जाने छ । रोमाण्टिकपना कायम रहने छ । शेयर क्षेत्र अनुकुल रहने छ ।

वृश्चिक
आर्थिक स्रोत खुम्चिन जाँदा बिग्रने आर्थिक सन्तुलनले मनमा निरुत्साह आउने छ । मनमा निराशाका बादल एकतमासले आउने हुँदा अन्योल छाइरहने छ । पेशागत क्षेत्रको सँलग्नतामा अवस्था औसत रहने छ । दाम्पत्य प्रेम बढ्ने छ । शेयर क्षेत्र अनुकुल रहने छैन् ।

धनु 
नयाँ नयाँ काम शूरु गरौँ–गरौँ लाग्ने छ । तर भविष्य प्रतिको चिन्ताले अनावश्यक दबाब थपि दिने छ । सपना नकारात्मक देखा पर्ने छ । पेशागत जीवन औसत खालको हुने छ । परिवारमा भने किचलो र झैझगडा हुने छ । आम्दानीमा हल्का बृद्धि हुने छ । शेयर क्षेत्र प्रतिफलमुखी रहने छैन् ।

मकर 
रसिक खालको स्वाभावले गर्दा अरुसँग सहजै मिल्ने स्वाभाव हुने छ । रङ्ग रमाइलोमा सहभागि हुन पाइने छ । आम्दानीमा बृद्धि हुने छ भने खर्चमा पनि बृद्धि हुन जाने छ । परिवारमा बादबिबाद र झै झगडा उत्पन्न हुने छ । शेयर क्षेत्र सकारात्मक रहने छ ।

कुम्भ 
समय औसत खालको छ । आँट र भरोषामा बृद्धि हुने छ । पेशागत जीवन भने सन्तोषजनक नै रहने छ । समस्याहरु समाधान तर्फ जाने र त्यसले राहत मिल्ने छ । परिवारका सदस्यहरुले शंकाको दृष्टिले हेर्ने र विश्वास गर्ने छैनन् । आर्थिक असन्तुलन बिग्रने हुँदा ऋणमा फसिने देखिन्छ । शेयर बजार औसत रहने छ ।

मीन
आम्दानीमा केही बृद्धि हुने छ । पेशागत जीवनमा निरन्तरता सहित सन्तुलन कायम हुने छ । सामाजिक रुपमा प्रतिष्ठा बढ्ने छ । यसअघि चालिएका कार्यहरुमा सफलता प्राप्त हुने छ । परिवारको सम्बन्ध ठिक नै रहेता पनि दाम्पत्य जीवनमा भने झैझगडाले स्थान पाउने छ । शेयर क्षेत्र शुभ रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement