यो बजेटले आर्थिक अराजकता र चरम सामाजिक विसंगति बढ्न सक्छः जबरा

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले आगामी आर्थिक वर्षको बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न नसक्ने बताएका छन् । 

आईतवारको प्रतिनिधि सभा बैठकमा उनले जीडीपीको वृद्धिदर सुस्त रहेको, मुद्रास्फीति उच्च रहेको र बेरोजगारी बढ्दो क्रममा रहेको अवस्थालाई मध्यनजर नगरी बजेट ल्याइएको बताए । उनले सरकार र अन्तर्राष्ट्रिय साझेदारहरुले यसको प्रभावलाई कम गर्न उपायहरु सुझाइरहेको भएपनि त्यसअनुसार बजेट नआएको बताए । 

Advertisement

जबराले जनताको क्रय शक्ति धेरै घटेको बताए । उनले आर्थिक मन्दीबाट देश कसरी बाहिर निकाल्ने भन्ने योजना बजेटमा नरहेको बताए । जबराले भने, ‘जीडीपीको वृद्धिदर सुस्त छ । मुद्रास्फीती उच्च छ । बेरोजगारी बढ्दो छ । महत्वपूर्ण राजश्व चुनौतिहरु छन् । सरकार र अन्तर्राष्ट्रिय साझेदारहरुले यसको प्रभावलाई कम गर्न उपायहरु सुझाइ रहेका छन् । तर सुधार प्रक्रिया सुस्त छ । र संरचनात्मक समाधान गर्नु र आर्थिक वृद्धिको लचिलोपन सुधार गर्नुमा निर्भर हुनेछ । यसले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन । जनताको क्रय शक्ति स्वात्तै घटेको छ । सरकारले अहिलेको आर्थिक मन्दीलाई सम्बोधन गरेको देखिएन ।’ 

उनले थपे, ‘आर्थिक मन्दीबाट देश कसरी बाहिर निकाल्ने केही पनि योजना छैन । अहिलेको बजेटमा यसको निराकरणका उपायहरु केही पनि लिएको छैन । यो गैरजिम्मेवारीपनाको पराकाष्टा हो । छ खर्ब बराबरको बजेट घाटा यो बजेटमा देखाइएको छ । यस्तो ठूलो घाटा बजेटले देशमा भयावह मुद्रास्फीतिको अवस्था कायम भइ देशमा आर्थिक अराजकता मात्रै नभइ चरम सामाजिक विकसंगति पनि बढ्न सक्छ । वैदेशिक मन्त्रीको वर्तमान अवस्थामा न त वैदेशिक अनुदान, न त वैदेशिक ऋण, न त आन्तरिक ऋणले बजेटमा देखाइएअनुसारको न्युन पूर्ति गर्नसक्ने अवस्था छ ।’

नबराले बजेट कल्पना र लहडमा ल्याइएको आरोप लगाए । 

Advertisement

Advertisement