हिमालयन लाइफको व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म ब्याज र जरिवाना छुट

Advertisement

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म ब्याज तथा जरिवाना छुट दिने भएको छ । 

कम्पनीले साविकको प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेख आजदेखि (असार ६) २३ गतेसम्म नवीकरण तथा पुनर्जागरण गर्दा शतप्रतिशतसम्म छुट दिने निर्णय गरेको छ ।

Advertisement

ग्राहकले ३ वर्षसम्मको व्यतित बिमालेख नवीकरण गर्दा शतप्रतिशत ब्याज र जरिवाना छुट, ३ देखि माथि ५ वर्षसम्म ५० प्रतिशत, ५ वर्षदेखि माथि ७ वर्षसम्म ३५ प्रतिशत र ७ वर्षदेखि माथि जतिसुकै अवधिको व्यतित बीमालेखमा २५ प्रतिशत छुट पाउनेछन् । 

यस किसिमको व्यतित बीमालेख पुनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र प्रदान गरिने बताइएको छ । 

Advertisement

Advertisement