गुहेश्वरी मर्चेन्टले २६ करोडको ऋणपत्र निष्काशन गर्ने, ९ प्रतिशत ब्याज दिइने

Advertisement

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले ऋणपत्र निष्काशन गर्ने प्रक्रिया शुरु गरेको छ । 

यसैक्रममा गत बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले रु. १००० दरले २ लाख ६० हजार कित्ता (२६ करोड रुपियाँ) बराबरको डिबेन्चर निष्काशन गर्ने  निर्णय  गरेको हो । 

Advertisement

८ वर्षे अवधि रहने सो डिबेन्चर २,६०,०००/– संख्याको प्रति इकाई रु. १००० को रहने र व्याजदर ९ प्रतिशत र ६–६ महिनामा भुक्तानी हुने गरी जारी गरिने छ । यस सम्बन्धमा अन्य नियमकीय प्रावधान पूरा गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात डिबेन्चर निष्काशन गरिने सूचना अधिकारी अर्चना प्रधानले बताइन् । 

Advertisement

Advertisement