रणनीतिकरुपमा संयुक्त बजार अनुगमनलाई तीब्रता दिन्छौंः मन्त्री भण्डारी

Advertisement

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निरन्तर घटेको बजेटको सीमा र वृद्धि भएको मागलाई सन्तुलन कायम गर्नेगरी मन्त्रालयको योजना तथा बजेट प्रश्तुत गरिएको दावी गरेका छन् । 

बिहीवार संसदमा उनले मन्त्रालयले विद्यमान आवश्यकता र मागको मूल्याङ्कन तथा वस्तु स्थितिको मूल्याङ्कन गरी आगामी आर्थिक वर्षको बजेट प्रश्ताव गरेको बताए । उनले निरन्तर रुपमा घटिरहेको बजेटको सीमा र बढिरहेको माग समेतलाई सन्तुलन कायम गर्नेगरी कार्यक्रम तथा बजेट प्रश्तुत गरिएको बताए । 

Advertisement

भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको विकासको लागि नीतिगत स्थायित्व र कार्यविधिगत सरलीकरण गरी लगानीमैत्री वातावरण निर्माण गर्ने काममा मन्त्रालय निरन्तर प्रतिवद्ध रहेको बताए । उनले सरकारले उपभोक्ता हित संरक्षणको लागि उपभोक्ता अदालत गठन प्रक्रियाका लागि बजेट विनियोजन गरिएको बताए । 

मन्त्री भण्डारीले बजारमा माग उच्च हुने तथा मूल्य अस्वभाविक रुपमा वृद्धि हुन नसक्ने अवस्था दृष्टिगत गरी रणनीतिक रुपमा संयुक्त बजार अनुगमनलाई तीब्रता दिने बताए । उनले भने, ‘मन्त्रालयले विद्यमान आवश्यकता र मागको मूल्याङ्कन तथा वस्तु स्थितिको मूल्याङ्कन गरी आगामी आर्थिक वर्षको बजेट प्रश्ताव गरेको छ । निरन्तर रुपमा घटिरहेको बजेटको सीमा र बढिरहेको माग समेतलाई सन्तुलन कायम गर्ने गरी कार्यक्रम तथा बजेट प्रश्तुत गरिएको छ ।’ 

भण्डारीले थपे, ‘उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्रको विकासको लागि नीतिगत स्थायीत्व र कार्यविधिगत सरलिकरण गरी लगानीमैत्री वातावरण निर्माण गर्ने काममा मन्त्रालय निरन्तर प्रतिवद्ध रहेको छ । सरकारले उपभोक्ता हित संरक्षणको लागि उपभोक्ता अदालत गठन प्रक्रियाका लागि बजेट विनियोजन गरिएको छ । बजारमा माग उच्च हुने तथा मूल्य अस्वभाविक रुपमा वृद्धि हुन नसक्ने अवस्था दृष्टिगत गरी रणनीतिक रुपमा संयुक्त बजार अनुगमनलाई तिब्रता दिने र सूचना र अनुसन्धानमा आधारित बजार अनुगमन प्रणालीलाई कार्यान्वयनमा ल्याउने र जोखिम क्षेत्रको बजार विश्वलेषण गरी नियमित तथा आकस्मिक बजार अनुगमन गर्ने तयारी छ ।’

उनले सूचना र अनुसन्धानमा आधारित बजार अनुगमन प्रणालीलाई कार्यान्वयनमा ल्याउने  र जोखिम क्षेत्रको बजार विश्वलेषण गरी नियमित तथा आकस्मिक बजार अनुगमन गर्ने तयारी रहेको बताए । 

Advertisement

Advertisement