काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ऋणपत्र निष्कासन गर्दैछ ।
कार्यालयले ८ वर्षे अवधिको नौ अर्ब रुपियाँको ‘विकास ऋणपत्र २०८९ घ’ निष्कासन गर्न लागेको हो ।
असार १२ गते निष्कासन हुने उक्त ऋणपत्रको असार ११ गते बोलकबोल हुनेछ ।
बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरसरकारी वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन सक्ने कार्यालयले जनाएको छ ।
इच्छुक खरिदकर्ताले सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र नेपाल राष्ट्र बैंकको अनलाइनबाट बोलकबोल पेस गर्नुपर्नेछ ।