सूर्यज्योति लाइफको संस्थापक शेयर किन्न अन्तिम दिन आज

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्यज्योति लाइफको संस्थापक शेयरमा आवेदन दिने आज (असार ११ गते) अन्तिम दिन रहेको छ । 

कम्पनीले असार ४ गते देखि प्रतिकित्ता न्यूनतम २१० रुपियाँमा शेयर बिक्रीमा ल्याएको थियो ।

Advertisement

यस शेयरमा संस्थापक शेयरधनी, सर्वसाधारण, कम्पनी तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । 

खरिदकर्ताले घटीमा पाँच हजार र बढीमा उल्लिखित सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

खरिदकर्ताले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालयका साथै विराटनगर, आदर्शनगर, महेन्द्रपुल, श्रवणपथ, हस्पिटल लाइन र वीरेन्द्रनगर शाखा कार्यालयमा आज कार्यालय समयभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

Advertisement

Advertisement