काठमाडौं । केही वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफा गरेर चर्चा बटुलेका खेमनाथ शर्मा खेम्स क्लिनिकका सञ्चालक तथा बुढानीकण्ठस्थितस्थित डेक्काइडो ओन्सेन (डेक्काइडो फार्म हाउस)का प्रबन्ध निर्देशक हुन् ।
तनहुँमा जन्मिएर चितवन भरतपुरबाट एसएलसी उत्रिण गरेपछि राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पसबाट प्रविणता प्रमाणपत्र पास गरेका उनी उच्च शिक्षा अध्ययनका लागि सन् २००८ मा अष्ट्रेलिया पुगे । अष्ट्रेलियामा शर्माले अडभ्यान्स्ट डिप्लोमा अफ बिज्निस, ब्याचलर अफ अकाउटिङ र मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन उत्रिण गरेपछि व्यवसायमा लागे ।
सरसफाइ (किलिङ) पेशा हुँर्दै उनी हाल आतिथ्यता (हस्पिटालिटि) क्षेत्रमा पनि आवद्ध हुन पुगेका छन् । आठ बर्षको उमेरदेखि नै चितवनमा बुबाले चलाएको स्टेस्नरी पसलमा बस्दाबस्दै व्यवसायीप्रति आफ्नो रुची बढेको सुनाउँदै शर्माले सकेसम्म मानिसले केही न केही उद्यम गर्न जरुरी रहेको बताउँछन् ।
अष्ट्रेलिया जानुअघि अमेरिका जान आवेदन गर्दा दुई पटकसम्म अमेरिकी दूतावासले प्रवेशाज्ञा अस्वीकृत गरेको स्मरण गर्दै शर्माले अष्ट्रेलिया पुगेको तेस्रो दिनमै सिड्नीको एउटा विश्वविद्यालयमा सरसफाइको काम पाए । ‘सुरुका केही दिन गाह्रो र नरमाइलो लाग्यो’ उनले भने, ‘किनकी म त्यो काममा त्यति परिपक्व भइसकेको थिएन । सबै कामलाई सम्मान गर्ने अवस्थामा पनि म पुगिसकेको थिएन् । ट्वाइलेट सफा गर्ने कुरा असहज नै हुन्छ हाम्रो लागि । तर बिस्तारै बुझ्दै गएँ । त्यहींबाट मेरो जीविकोपार्जन भयो । पढाइ चल्यो । दुई पैसा बचाएर घर पठाउन सकियो । त्यसपछि मलाई त्यो कामप्रति उच्च सम्मान आयो ।’
अष्ट्रेलियामा क्लिनरदेखि सरसफाइमै पाँच वर्ष लगातार काम गरिसकेपछि सन् २०१२ शर्माले ‘खेम्स क्लिनिङ’ नाममा आफ्नै कम्पनी खडा गरे । अष्ट्रेलियाबाट सुरु गरेको ‘खेम्स क्लिनिङ’को सेवा नेपालमा पनि विस्तार गरे । नेपालमा पनि यसले राम्रै व्यवसाय गरेको उनी बताउँछन् । नेपालमै केही गर्न सकिन्छ भन्ने सोचका साथ स्वदेश फर्किएर व्यवसायमा लागेको शर्माको भनाई छ ।
नेपाल आएपछि उनले घर, शैक्षिक संस्था, विभिन्न कार्यालय ठेक्कामा लिएर सरसफाइ गर्न थाले । दुई–तीन महिनापछि ठेक्काको काम बढ्न थाल्यो । कम्पनीमा शर्माले आफ्नो कम्पनीमा रोजगारी दिने क्रम बढाउँदै लगे । नेपालमा ‘खेम्स क्लिनिङ सभिस’मा अहिले ४८० भन्दा बढीले काम गरिराखेको उनको दावी छ । नेपालमा रेष्टुरेन्ट क्षेत्रमा समेत लागेका शर्मा आतिथ्यता र सरसफाइ नजिकको व्यवसाय भएको यी दुई क्षेमा आफू सक्रिय भएको बताउँछन् ।
शर्माले होक्काइडो नेपाल बिजनेस ग्रुपका अध्यक्ष अर्जुन अधिकारीको सहकार्यमा सोही समूहको दोस्रो आउटलेट (शाखा) डेक्काइडो ओन्सेन (डेक्काइडो फार्म हाउस) सञ्चालन गरेका हुन् । उनले विगत २६ महिनादेखि यो रेष्टुरेन्टको सफल सञ्चालन गर्दै आएका छन् ।