टिकटकले जारी गर्यो ‘क्यूवान २०२४’ कम्युनिटि गाइडलाइन इन्फोर्समेन्ट रिपोर्ट

Advertisement

काठमाडौं । प्रविधि कम्पनी टिकटकले सन् २०२४ को पहिलो त्रैमासिकका महत्वपूर्ण नयाँ डाटा पोइन्ट र ट्रेण्डहरूलाई समेटेर एवम् ग्लोबल कम्युनिटीका लागि सुरक्षित वातावरण निर्माण गर्ने आफ्नो प्लेटफर्मकोभावना अनुसार पछिल्लो ‘क्यूवान २०२४’ कम्युनिटि गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट प्रकाशित गरेको जनाएको छ । 

टिकटकले ‘क्यूवान २०२४’प मा संसारभरबाट आफ्नो प्लेटफर्ममा अपलोड भएका १६, ६९, ९७, ३०७ भिडियोहरू हटाएको छ जुन अपलोड गरिएका भिडियोहरूको लगभग ०.९ प्रतिशत हो भन्दै कम्पनीले यीमध्येको एक महत्वपूर्ण हिस्सा १२, ९३, ३५, ७९३ भिडियोहरू अटोमेटेड डिटेक्सन प्रविधिहरूमार्फत् पहिचान गरी हटाइएको, ६०,४२,२८७ भिडियोहरू थप समीक्षापछि पुनर्स्थापित गरिएको बताएको छ । 

Advertisement

यसका साथै टिकटकले आफ्नो कम्युनिटी गाइडलाइनहरूउल्लङ्घन गरेको आधारमा पहिलो क्वार्टरमा ९७,६४,७९,९४६ भिडियो कमेन्टहरू पनि हटाएको जानकारी दिएको छ । यो सङ्ख्या त्यस अवधिमा प्रकाशित कुल भिडियो कमेन्टहरूको १.६ प्रतिशत भएको उसको भनाई छ । 

त्यस अवधिमा क्रियटरहरूले आफ्ना भिडियोहरूबाट ३,३८,१६,४६,७२२ कमेन्टहरू फिल्टर गर्न वा हटाउनका लागि उनीहरूको एक्स्टेन्सिभ कमेन्ट सेफ्टी टुलहरूको पनि प्रयोग गरेका थिए । उन्नत टेक्नोलोजी र मानवीय निगरानीको फाइदा उठाउँदै गाइडलाइन्स विपरितका कन्टेन्टहरू पहिचान गर्न, रिभ्यु गर्न र अड्रेस गर्न आफू प्रतिबद्ध रहेको भन्दै टिकटकले कम्युनिटी गाइडलाइन एन्फोर्समेन्ट रिपोर्टको आवधिक प्रकाशनले पूर्ण पारदर्शिताप्रति टिकटकको प्रतिबद्धतालाई चित्रण गर्दै कन्टेन्ट र अकाउन्टका कार्यहरूको मापन र प्रकृतिमा इनसाइटहरू समेत प्रदान गर्दछ भनेको छ । 

यसबाहेक टिकटकले अनलाइन बाल यौन दुर्व्यवहार र शोषण र बाल यौन दुर्व्यवहार सामाग्रीको आदानप्रदान विरुद्ध लड्न आफ्नो प्रयासहरूमा एक नयाँ स्ट्यान्ड–अलोन रिपोर्ट पनि लन्च गर्न लागेको जानकारी दिएको छ । यसले प्लेटफर्मलाई बालबालिकालाई हानी गर्न खोज्नेहरूको पहुँचबाट जोगाउने उसको विश्वास छ । 

‘क्यूवान २०२४’ रिपोर्टमा रहेका विस्तृत इनसाइटहरू र टिकटकको कन्टेन्ट गाइडलाइन, टुलर नीतिहरू बारे टिकटकको ट्रान्सपेरेन्सी सेन्टरबाट पनि जान्न सकिने कम्पनीले आफ्नो विज्ञप्तिमा जनाएको छ । टिकटक छोटो आकारका मोबाइल भिडियोको लागि लोकप्रिय सामाजिक सञ्जाल हो । 

Advertisement

Advertisement