राशिफलः आज (असार २६) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल असार महिनाको २६ गते बुधबार, आषाढ शुक्लपक्षको चतुर्थी तिथि, उप्रान्त पञ्चमी तिथि ।

मेष 
आम्दानीमा बृद्धि हुने छ  । शेयर बजार अनुकुल रहने छ । ब्यक्तित्वमा निखारता आउने भएकाले त्यसको प्रभाव पेशागत जीवनमा सकारात्मक पर्ने छ । प्रतिष्पर्धात्मक विषयहरुमा विजय प्राप्त हुने छ । श्रम तथा श्रमिकसम्बन्धी उल्झनले भने समस्या निम्त्याउने छ । यातायात क्षेत्रमा तथा श्रम क्षेत्रमा संलग्नहरुले आफ्नो पेशागत लाभ गुमाउने अवस्था आउने छ ।

Advertisement

वृष 
छिटो छिटो रिस उठ्ने भएकाले रिस नियन्त्रणमा ध्यान दिएमा त्यसले पेशागत जीवनमा स्थिरता हुने छ । भाग्यको दरिलो साथ रहने छ । ब्यापार विजनेशको क्षेत्रमा संलग्नहरुको हकमा लाभ मिल्ने देखिएको छ । शेयर क्षेत्र औसत रहने छ । जोखिमले भरिएको क्षेत्रमा संलग्न हुन आँट आउने छ । 

मिथुन 
आफूलाई प्राप्त जिम्मेबारी राम्रोसँग निभाउन नसक्दा आलोचना खेप्नु पर्ने छ । धन सम्पत्ति तथा वित्तिय विषयहरुमा विभिन्न आरोप प्रत्यारोप तथा नोक्सानी ब्योहर्नु पर्ने छ । शेयर बजारमा गुमाउनु पर्ने छ । लेखा परीक्षण, गणित, लेखापाल, आयात निर्यातमा संलग्नहरुको हकमा आम्दानी बढ्न जाने छ ।

कर्कट
नेतृत्वदायि भुमिका मिल्ने छ । पराक्रम बढ्ने छ । बाणिमा अलि कडापन आउने भएकाले गर्न खोजेका काममा बाधा आउने छ । घर घडेरी बहनसम्बन्धी विषयमा लाभ प्राप्त हुने छ । शेयर कारोवारको क्षेत्रले लाभ प्रदान गर्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । साथै पेशागत सफलता प्राप्त हुने छ ।

सिंह
घर, गाडि, बाहन जस्ता विषयमा विभिन्न खाले समस्याहरु देखा पर्ने छन् । भित्रि चतु¥याईका कारण साझेदारीमा एक हदसम्मको सफलता प्राप्त हुने छ । शेयर बजारबाट आंशिक फाइदा मिल्ने छ । भाग्यको साथ रहेकाले कार्य सफलता मिल्ने छ । पेशागत जीवनको हकमा भने बादबिबादबाट बच्ने प्रयास गर्नु होला । 

कन्या
घर, घडेरी, सेना, प्रहरी, खेलाडी, ठेकेदार जस्ता पेशागत क्षेत्रमा संलग्नहरुले लाभ प्राप्त गर्ने छन् । यातयात क्षेत्रमा लगानी गरेकाहरुलाई सन्तोष मिल्ने छ । आयात निर्यातको ब्यापारमा फैलावट आउने छ । खानिजन्य उत्पादन, कवाडी, फोहोर मैलाबाट फाइदा मिल्ने छ । शेयर क्षेत्र पनि लाभदायी रहने छ ।

तुला 
ठेक्का पट्टा, ज्वेलरी, प्रशासन, कपडाको कारोवारका क्षेत्रमा संलग्नहरुले लाभ प्राप्त गर्ने छन् । धार्मिक वस्तुहरुको कारोवार गर्नेहरुको हकमा नोक्सानी व्योहर्नु पर्ने अवस्था देखिन्छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ । राजनीतिक नियुक्तिहरु पाउने सम्भाबना बढ्दो छ ।

वृश्चिक
साझेदारीका कामहरुमा सतर्क रहनु होला । शरीरमा आलस्यता बढ्ने भएकाले कार्य सम्पादनमा ढिलाई हुन जाने छ । भाग्यको साथ रहेका कारण प्रतिष्पर्धात्मक क्षमता बृद्धि हुने भएकाले पेशागत तथा व्यावसायिक जीवनमा एक हदसम्मको सफलता प्राप्त हुने छ । शेयर क्षेत्रमा धेरै उत्साही हुने बेला देखिँदैन् । 

धनु 
भाग्य बलियो छ । जोमियुक्त कार्यहरु जस्तै राजनीति, ठेक्कापट्टा, इन्जिनियरिङ्ग, औषधिजन्य पदार्थको कारोवार आदीमा संलग्नहरुले लाभ प्राप्त गर्ने छन् । पैतृक सम्पत्ति तथा वित्तिय अवस्थामा बृद्धि हुने छ । शेयर कारोवारमा भने ज्यादा उत्साही हुने स्वाभाव देखा पर्ने भएकाले व्यवहारिक बन्नु पर्ने देखिन्छ । 

मकर 
कर्मशिलतामा बृद्धि हुने छ । पेशागत जीवनमा उन्नति हुन जाने छ । यसले आफ्नो पेशाप्रति मनमा उत्साह तथा गौरव उत्पन्न गराउने छ । पदोन्नतिका अवसरहरु प्राप्त हुने छन् । शेयर बजारबाट पनि फाइदा मिल्ने  छ। 

कुम्भ 
घर घडेरीको कारोवारमा केही सहजता आउने छ । बौद्धिक क्षेत्रमा संलग्नहरुको कामको पनि कदर हुने छ । शेयर बजारबाट लाभ भन्दा नोक्सानीको पल्ला भारी हुने छ । मन उदास रहनाले निर्णय क्षमतामा कमि आउने भएकाले धेरै जोखिमयुक्त निर्णयहरु लिँदा विचार पु¥याउनु वाञ्छनीय हुने छ । 

मीन
जीवनसाथिको साथले निकै सहज हुने छ । साझेदारीमा गरिएका कामहरुमा सफलता प्राप्त हुने छ । आयात निर्यातका क्षेत्रमा लाभ प्राप्त हुन जाने छ । व्यक्तित्वमा निखारता आउने छ यसले कार्यकुशलता बृद्धि गर्ने छ । सूचना प्रविधि क्षेत्रमा संलग्नहरुका हकमा फाईदा मिल्ने छ । शेयर क्षत्रमा अपेक्षाकृत फाइदा मिल्ने छैन् ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement