फ्रान्सलाई २–१ ले हराउँदै स्पेन युरोकप फाइनलमा प्रवेश

Advertisement

काठमाडौं । १२ वर्षपछि स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।

म्युनिखमा मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्समाथि २–१ जित निकाल्दै स्पेन युरोकप फाइनलमा प्रवेश गरेको हो । 

Advertisement

नवौं मिनेटमा नै फ्रान्सले खेलमा अग्रता लिँदा केलियन एमबाप्पेको क्रसमा रान्डाल कपको मुआनीले हेडरमार्फत गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

२१औं मिनेटमा स्पेनका लामिन यमालको गोलसँगै खेल बराबरी भयो । 

त्यस्तै, २५औं मिनेटमा जिसस नाभासले गोल गरेसँगै अग्रता लिएको स्पेन फाइनलमा पुग्न सफल भएको हो । 

स्पेनले अब इङ्ल्यान्ड र नेदरल्याण्ड्सबीचको दोस्रो सेमिफाइनलको विजेतासँग फाइनल खेल्नेछ । 

सन् २०१२ पछि स्पेन युरो उपाधिको खोजीमा छ । 

Advertisement

Advertisement