प्रभु महालक्ष्मीले बिहीबारसम्म व्यतित बीमालेख नवीकरणमा शतप्रतिशतसम्म ब्याज छुट दिने

Advertisement

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशतसम्म ब्याज छुट दिने भएको छ । 

कम्पनीले विभिन्न मितिमा जारी भएका बीमालेख पुनर्जागरणको प्रक्रिया पूरा गरी असार १२ गतेदेखि २७ गतेसम्म नवीकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नवीकरण शुल्कमा लाग्ने विलम्ब छुट (समुन्नति जीवन बीमा योजनाबाहेक) मा शतप्रतिशतसम्म छुट दिने जनाएको हो।

Advertisement

बीमालेख जारी भएको मितिबाट ३ वर्षभित्रका व्यतित बीमालेखमा शतप्रतिशत, ३ देखि ५ वर्षसम्म ५० र ५ वर्षभन्दा बढी व्यतित बिमालेखमा २० प्रतिशत छुट दिने कम्पनीको भनाइ छ । 

यस योजनामा समावेश भई पुनर्जागरण भएका बीमालेख पुनर्जागरण भएको दुई वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको बिलम्ब शुल्क छुटको सम्पूर्ण रकम कट्टा गरिने र एकपटक ब्याज छुट गरिसकेको बीमालेखमा बीमा अवधि भर पुनः ब्याज छुट प्रदान नगरिने पनि कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement