शेयर धितो कर्जाको संस्थागत सीमा खारेज, शेयर बजारमा सकारात्मक प्रभाव पर्ने आशा

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको यसअघिको अधिकतम् २० करोडको सीमा खारेज गरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवका लागि मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो सीमा हटाएको बताएका हुन् । उनले मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पुँजीबजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि बैंक तथा वित्तीय संस्थाहरुले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम् रु. २० करोडको सीमा खारेज गरिने बताए । 

Advertisement

धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाबाट हुने प्रत्यक्ष ऋण लगानीलाई क्रमशः कम गर्दै मार्जिन ट्रेडिङको अवधारणालाई प्रोत्साहन गर्ने अभिप्रायसहित नेपाल राष्ट्र बैंकले हालसम्म ३४ धितोपत्र दलाल कम्पनीहरुलाई सहमति प्रदान गरिसकेको जनाएको छ ।

पछिल्ला दिनमा शेयर बजारमा सकारात्मक संकेत देखिएको बेला आजको मौद्रिक नीतिले थप सहयोग पुग्ने देखिएको छ । 

Advertisement