पहिलाको जस्तै घरजग्गामा ‘बुम’ आउँछ कि ? भनेर राष्ट्र बैंक डरायोः लोहनी

Advertisement

काठमाडौं । नेपाल घरजग्गा आवास तथा विकास महासंघका अध्यक्ष भेषराज लोहनीले मौद्रिक नीति तुलानामत्मक रुपमा लचिलो आए पनि घरजग्गा कारोबार क्षेत्रलाई भने उपेक्षा गरिएको बताएका छन् । 

नानसँगको कुराकानीमा उनले नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१–८२ को लागि शुक्रवार जारी मौद्रिक नीतिले घरजग्गा व्यवसायीको मागलाई उपेक्षा गरेको बताएका हुन् । 

Advertisement

अर्थतन्त्रलाई चलायमान बनाउने क्षेत्रलाई मौद्रिक नीतिले समेट्न नसकेको गुनासो गर्दै लोहनीले घरजग्गा व्यवसायीहरुका माग सम्बोधन गर्दा विगतको जस्तै घरजग्गा कारोबारमा विकृति आउँछ भन्ने भ्रममा राष्ट्र बैंकले मौद्रिक नीतिमा समावेश नगरेको आरोप लगाए । 

मुलकलाई समृद्ध बनाउने क्षेत्र ऊर्जा भन्ने तर कार्यान्वयन गर्ने अवस्था सिर्जना भएको उनको भनाई छ । अध्यक्ष लोहनीले समग्र मौद्रिक नीतिमा समावेश गरेका व्यवस्थाहरुले पनि घरजग्गा कारोबारमा सुधार हुने अवस्था देखिए पनि घरजग्गा कारोबारलाई मात्रै प्राथमिकता राखेर मौद्रिक नीति नआएको बताए । 

उनले भने, ‘मौद्रिक नीति तुलानात्मक रुपमा लचकता नै आयो । तर घरजग्गा कारोबारको क्षेत्रलाई मात्रै हेर्ने हो भने मौद्रिक नीतिले घरजग्गा कारोबारको क्षेत्रलाई समावेश भएन । व्यवसायीहरुले माग गरेका व्यवस्थाहरु समावेश गरेन । घरजग्गा कारोबारमा खुकुलो बनाउँदा पहिलाको जस्तै घरजग्गामा बुम ल्याउँदा र विकृति ल्याउने सोच्नुभयो होला । तर त्यो दृष्टिकोण गलत भयो । घरजग्गामा धेरै ठूलो लगानी रहेको छ । ठूलो पुँजी घरजग्गा कारोबारमा अड्किएको छ । घरजग्गा कारोबारलाई चलायमान बनाउनको लागि राष्ट्र बैंकले व्यवसायीहरुका मागलाई सम्बोधन गर्नुपर्ने हुने थियो । त्यो नगर्नु राष्ट्र बैंकको ठूलो भुल हो । सामान्य रुपमा समावेश भएका कुराहरुले घरजग्गालाई चलायमान बनाउँछ ।’

लोहनीले घरजग्गा कारोबारमा खुकुलो बनाउँदा पहिलाको जस्तै घरजग्गामा बुम ल्याउँदा र विकृति ल्याउने सोच्नु गलत भएको बताए । उनले धेरै ठूलो पुँजी घरजग्गा कारोबारमा अड्किएको भन्दै मौद्रिक नीतिले सहजीकरण गर्ने अपेक्षा सफल नभएको बताए । 

Advertisement